― Advertisement ―

सुरक्षा विशेषज्ञहरूले आईओएसमा आन्तरिक टनेल आईपी फिंगरप्रिन्टिङबाट बच्नको लागि प्रोटोन ‘केवल VPN’ हो भनेर प्रकट गर्दछ।

प्रोटोनले आईओएसमा औँला प्रिन्टनेल रिसर्च गर्ने VPN अनन्य रूपमा भन्नुहुन्छ Mullvad अन्य पोर्भाइडरहरू मध्ये एक हो जुन त्रुटिको लागि जोखिममा रहन्छ समस्या आईओएस नेटवर्किङ...
HomeLatest news‘सर्वपक्षीय सरकार बनाउँदा चुनावी वातावरण बन्छ’ – KhabarHost

‘सर्वपक्षीय सरकार बनाउँदा चुनावी वातावरण बन्छ’ – KhabarHost



सरकारले आगामी २१ फागुनमा मध्यावधि चुनाव गराउने तयारी गरिरहँदा नेकपा एमालेले भने प्रतिनिधि सभा पुनस्र्थापनाको माग लिएर सर्वोच्च अदालतमा जाने निर्णय गरेको छ ।

विघटित प्रतिनिधि सभाका एमाले प्रमुख सचेतक महेश बर्तौला र सचेतक सुनिता बराललाई रिट लिएर सर्वोच्च जाने जिम्मेवारी दिइएको छ । विघटित दलको बैठक राखेरै एमालेले प्रतिनिधि सभा पुनस्थार्पनाको पक्षमा उभिने निर्णय लिएको हो ।

चुनावी वातावरण निर्माणकै निम्ति एमालेले प्रतिनिधि सभा पुनस्र्थापनाको अडान लिएको विघटित संसदीय दलकी सचेतक सुनिता बराल बताउँछिन् । उनका अनुसार प्रतिनिधि सभा पुनस्र्थापना गर्दै संविधान संशोधन मार्फत् सर्वपक्षीय सरकार गठन गर्दा चुनावी वातावरण बन्छ भन्ने एमालेको निष्कर्ष छ ।

प्रस्तुत छ, उनै बरालसँग गरिएको कुराकानीको सम्पादित अंशः

सरकार र अरु दलहरु चुनावको तयारीमा छन् । एमालेले चाहिँ किन प्रतिनिधि सभा पुनस्र्थापनाको अडान लियो ?

पार्टी केन्द्रीय कमिटीको बैठकले भनिसकेको कुरालाई नै संसदीय दलको बैठकले औपचारिक रुपमा अगाडि बढाएको हो । संविधान र संवैधानिक व्यवस्था भन्दा माथि कुनै पनि कुरा हुँदैन भन्ने स्थापित गर्नुपर्छ, र यसको नेतृत्व नेकपा एमालेले गरेन भने अरुले गर्ने सम्भावना देखिँदैन भन्ने हाम्रो एउटा पहिलो बुझाइ हो ।

अझ सरल भाषामा भन्दा अहिले सरकार बन्ने एउटा जुन परिस्थिति बन्यो, त्यो परिस्थितिको नजरअन्दाज गर्ने कुरा कसैका लागि पनि सम्भव छैन, एमालेले पनि गरेको छैन ।

तर त्यसो हुँदै गर्दा यो परिस्थितिबाट बाहिर आउन पनि संविधान भन्दा बाहिर गएर केही पनि गर्न सक्दैनौ या हुदैन भन्ने कुरा स्थापित गर्नु पर्छ । र, संविधानमा टेकेर सरकार बनाउने कुराको वातावरण बनाउन पनि प्रतिनिधि सभा पुनर्स्थापना हुनुपर्छ ।

तर बाँकी सबै समय संसद् सन्चालन गर्नुपर्छ भनेका छैनौं । सर्वपक्षीय सरकार निर्माण गरौं, अनि त्यस मार्फत् निर्वाचनमा जाने वातावरण बनाउनु संवैधानिक पनि हुन्छ । हाम्रा हिजोका उपलब्धिको रक्षा गर्दै अगाडि जाने कुरा सम्भव हुन्छ भन्ने नेकपा एमालेको विषय हो ।

तत्कालीन प्रधानमन्त्री रहनुभएका तपाईंहरुकै अध्यक्षको सिफारिसमा सरकार बनेको थियो । त्यसलाई आवश्यकताको सिद्धान्त भनिदैछ । फेरि असंवैधानिक भन्ने निष्कर्षमा किन जानु भएको ?

तत्कालीन प्रधानमन्त्री हुनुका नाताले राजीनामा दिएपछि सरकार निर्माणको प्रक्रिया खुल्ला गर्नुपर्छ भन्ने कुरामा हाम्रो पार्टी अध्यक्षको संलग्नता छ ।

तर उहाँले पटक–पटक औपचारिक/अनौपचारिक रुपमा पनि यो कुरा भनिसक्नु भएको छ र आज पनि हाम्रो कुरा संवैधानिक बाटोबाट बन्नु पथ्र्यो भन्ने हो । तत्कालीन समयमा प्रतिनिधि सभा जिवित थियो, र प्रतिनिधि सभाले काम गरिरहेको अवस्था थियो । प्रतिनिधि सभाले काम गरिरहेको अवस्थामा संविधानले परिकल्पना नै नगरेको बाटोबाट सरकार निर्माण गर्नु गलत हो । यसलाई सच्याउनुपर्छ ।

कोर्स करेक्सन गर्न संसद् पुनस्र्थापना गरेर सरकार निर्माण र निर्वाचनको वातावरण बनाउनु पर्छ भन्ने कुरा हो ।

आन्दोलन भइसकेपछि त्यसको म्यान्डेट पालना गर्नु स्वभाविक हो । प्रतिनिधि सभा जिवितै राखेर आन्दोलनको म्याण्डेट बमोजिम काम हुन सक्दैन भन्ने तर्क पनि छ ?

आन्दोलनलाई रेस्पोन्स गर्नु पर्दैन भन्या छैनौं । रेस्पोन्स गर्नुपर्छ भनेकै आधारमा सर्वपक्षीय सरकार बनाउने भनेको हो । आन्दोलनको रेस्पोन्स गर्नु पर्दैन भन्ने भएको भए त प्रतिनिधि सभाभित्रैबाट मात्र सरकार बनाउनुपर्छ भनिहाल्थ्यौं नि ।

हामीले आन्दोलनलाई सम्मान गर्ने, तर संविधानको मर्मलाई पनि थप सुदृढ बनाउने विषयलाई अन्तरसम्बन्धित मान्नुपर्छ भन्ने हो ।

हामीले २३–२४ गतेको मुभमेन्ट केही पनि होइन भनेर नजरअन्दाज गर्न खोजेको होइन । त्यो मुभमेन्टलाई सम्मान गर्ने, तर संवैधानिक व्यवस्थाभित्र छौं भन्ने कुरालाई पनि सम्मान गर्ने हो ।

प्रतिनिधि सभा पुनस्र्थापना गर्ने र सर्वपक्षीय सरकार निर्माण गर्न संविधान संशोधन गर्ने कुरा सजिलो छैन । संविधान संशोधन गर्नतिर लाग्दा अरु झमेला पनि बढ्छन्, संविधान थप खतरामा पर्छ भन्ने तर्क पनि गरिदैछ नि ?

हामीबीच समस्या समाधान गर्ने बाटाहरु निकाल्ने कुरा हो । आजको पारदर्शी समाजमा एउटा कमिटमेन्ट सहित प्रतिनिधिसभा पुनस्र्थापनाको समझदारी गर्न सकिन्छ । त्यो बीचमा आउने समस्याहरुलाई तत्कालीन सम्बोधन गर्न सकिने र नयाँ संसद् बनेपछि नयाँ निर्वाचित जनप्रतिनिधिहरुले गर्ने कुराहरु भनेर मिलाउन सकिन्छ ।

हामी समस्या भन्दा बाहिर त हुँदै हुँदैनौं । अनन्तकालसम्म समस्या पनि हुन्छन्, समाधान पनि गर्दै जानुपर्छ । तर मूल कुरा संविधानको मर्मलाई पनि मर्न नदिने र जनभावनाका विषयलाई पनि सम्मान गर्ने भनेको प्रतिनिधि सभा पुनस्र्थापना विकल्प हो ।

प्रतिनिधि सभा विघटन जेनजीहरुको अडान थियो । अब उनीहरुको माग बमोजिम भएको कुरा उल्ट्याउनतिर लाग्दा परिस्थिति बिग्रन्न ?

जेन्जी भनेको हामी भन्दा बाहिरका विषयहरु हुन्, उहाँहरुका विषय हाम्रो बुझाइ भन्दा फरक कुरा हो या हामी भन्दा बाहिरको छुट्टै निकाय हो भन्ने बुझेका छैनौं ।

जेन्जी भनेको एउटा उमेरको प्रतिनिधित्व हो र त्यो हामी सबैमा छ । आज नेकपा एमालेले पनि त्यसको विषयलाई अपनत्व लिन्छ, त्यो पुस्ताको पनि नेतृत्व गर्ने कुरामा प्रतिबद्ध छ । त्यसो हुँदा उहाँहरुले उठाउनु भएको माग पनि हामी सबैका माग हुन् । त्यसकारण उहाँहरुको विषयलाई आत्मसात गर्दै हिजो हामी पुग्न नसकेका विषयहरु छन् भने तिनलाई पनि सँगसँगै लिएर जाने कुरा स्वभाविक रुपमा भइहाल्छ ।

र जेन्जीलाई पनि सँगै लिएर जाने भनेरै एमालेले सर्वपक्षीय सरकार बनाउने भनेको हो । त्यसो गर्दा क्याबिनेटमा उहाँहरुको पनि प्रतिनिधित्व हुन्छ ।

हामीले एउटा पक्ष, दुइटा पक्ष, चार वटा पक्ष भएर जाने भन्दा पनि नेपालको सर्वोच्च हित र संविधानलाई थप सुदृढ बनाउँदै निर्वाचनसम्म जाने वातावरण बनाउन हातेमालो गर्न सकिन्छ । यसमा जेन्जीसँग मतभेद हुन्छ भन्ने लाग्दैन ।

वर्तमान सरकार नै जेन्जीहरूको प्रस्तावमा गठन भएको हो नि । यो सरकार जेन्जीहरुको होइन भन्ने एमालेको बुझाइ हो ?

जेन्जीको होइन भनेको होइन । तर जनप्रतिनिधिहरुको उपस्थिति नरहने र संविधानको भावना भन्दा बाहिरबाट बनेको सरकारले आजको आवश्यकता सम्बोधन गर्न सक्दैन भन्ने हो ।

जेन्जीले उठाएकै माग पुरा गर्न पनि अहिलेको सरकारसँग अथोरिटी छैन । दोस्रो, उहाँहरु त्यो बाटोमा हिँडिराखेको पनि देखिँदैन । त्यसकारण उहाँहरुकै माग सम्बोधन गर्न पनि जनप्रतिनिधिहरु सहितको जनउत्तरदायी सरकार बनाउनु आजको आवश्यकता हो ।

जेनजी आन्दोलन चल्दै गर्दा एमाले नेतृत्वको सरकार थियो । तसर्थ अहिले फेरि सर्वपक्षीय सरकारको माग राख्दा एमाले चुनावबाट भाग्न खोज्यो भन्ने पनि आरोप तपाईँहरुमाथि छ । चुनावसँग डराएको हो ?

एमालेले विधिको शासन कायम गर्नुपर्छ भनेको हो । ठूलो मेहनत र बलिदानबाट प्राप्त लोकतान्त्रिक व्यवस्थालाई थप बलियो बनाउन पर्छ भनेको हो । जनतामा निहीत सार्वभौमताको अभ्यासलाई सुदृढ बनाउन पर्छ भनेको हो । यसो भनिरहँदा एमाले कहिले पनि निर्वाचनको विपक्षमा थिएन, छैन र हुन सक्दैन ।

तर आज गृहमन्त्री आफैं शान्ति सुरक्षाको वातावरण छैन भन्दै हुनुहुन्छ । पवित्र उद्देश्यका साथ जेनजीहरुले गरेको आन्दोलनसँग जोडेर धेरै खालका नकारात्मक घटना समाजमा भएका छन् । तिनलाई पनि ठिक ट्रयाकमा ल्याउनु पर्नेछ । विभिन्न कसुरमा जेलजीवन भोगिरहेका व्यक्तिहरु धेरै ठूलो संख्यामा बाहिर आएका छन् ।

प्रहरीकै हातहतियार बाहिर छन् । ती लगायत अरु धेरै चुनौतीहरु छन् । ती सबै कुरालाई समाधान गर्न सक्ने जनप्रतिनिधि सहितको उत्तरदायी सरकार भनेका हौं ।

यस्तो निकासको कुरालाई निर्वाचनको त्रासले भनियो भन्नु कपोकल्पित कुरा हो । एमाले सधैंभरि निर्वाचनका लागि तयार छ ।

तर निर्वाचन गर्ने वातावरणलाई थप व्यवस्थित बनाउन, शान्ति सुरक्षा र सुशासन सहितको एउटा वातावरण निर्माण गर्ने परिस्थिति निर्माण गर्न सर्वपक्षीय सरकार जरुरी छ । र त्यो सरकार निर्माण गर्न संसद पुनस्र्थापना गर्नुपर्छ ।

एमालेको विगत हेर्दा संसद् विघटनलाई सदैव स्वीकार गर्ने र त्यसलाई जनतासम्म जाने लोकतान्त्रिक प्रक्रिया भन्ने गरेका छन् । तर यसपटक फरक कुरा किन नि ?

हिजोको राजनीतिक रिभ्यु र आजको परिस्थितिको विश्लेषण फरक–फरक कोणबाट गर्नुपर्छ । सबैलाई एउटै बाकसमा हालेर हेर्यौं भने ठिक ढंगको निष्कर्षमा पुग्दैन होला ।

एमालेको एउटा क्याडरका रुपमा मैले भन्दा हामी सधैंभरी संगठन संरचनालाई चलायमान गर्ने पार्टी हो । त्यसो हुँदा निर्वाचन जाने कुरामा संकोच मान्नु पर्ने कुनै पनि कारण छैन ।

तर निर्वाचनमा उम्मेदवार बन्दै गरेका व्यक्तिले ढुक्कसँग जान सक्ने अवस्था हुनुपर्छ । अझ देशको प्रमुख राजनीतिक दल मध्ये एमाले एक हो, दलका अध्यक्षबारे नै सरकारले एउटा निर्णय गरेको परिस्थिति छ ।

यस्ता खालका राजनीतिक आग्रह पूर्वाग्रह सहितका निर्णय कायम रहने र यो निर्णयको बेसमा अगाडि बढ्ने सम्भावना कति हुन्छ भनेर रिभ्यु गर्यौं भने यो कुरा कुनै सम्भावना हुँदैन ।

राजनीतिक दलहरु निर्वाचनका लागि अपरिहार्य तत्वहरु हुन् । दलहरुको उपस्थिति विना निर्वाचन हुन सक्दैन । तर दलहरुलाई बन्देज गरेर शान्ति सुरक्षा कायम गर्न सक्दैनौं भन्दै गरेको सरकार राखेर कसरी निर्वाचन हुन्छ भन्ने एमालेको प्रमुख प्रश्न हो ।

प्रतिनिधि सभा पुनस्र्थापनाको मागसहित तपाईँहरु रिट लिएर जानु हुन्छ, फैसला के गर्ने भन्ने अदालतको विषय भयो । तर तपाईँहरुको राजनीतिक अडान चाहिँ सर्वपक्षीय सरकार गठन र अनि मात्र निर्वाचन हो ?

एमाले चुनावमा जान त सधैंका लागि तयार छ । तर अहिलेको माग र देशको आवश्यकता व्यवस्थित गर्न सर्वपक्षीय सरकार आवश्यक छ । त्यो विषय हामीले हाई साउन्डका साथ उठाउँछौं ।

वर्तमान अन्तरिम सरकारले होइन, सर्वपक्षीय सरकारले चुनाव गराउनुपर्छ ?

सर्वपक्षीय सरकार निर्वाचन गर्ने वातावरण बनाउन सक्षम हुन्छ भन्ने विश्वास हो ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More