― Advertisement ―

‘हामी विश्वास गर्छौं कि देशको रक्षाका लागि जिम्मेवार व्यक्तिहरूसँग उपलब्ध उत्तम उपकरणहरूमा पहुँच हुनुपर्छ’: ओपनएआईले अमेरिकी सेनालाई ChatGPT मा पहुँच दिइरहेको छ।

अमेरिकी सेनाले पूर्ण रूपमा Chat प्रयोग गर्न सक्ने शक्ति प्रयोग गर्न सक्छ "सबै कानुनी प्रयोगहरू" को लागि AI च्याटबोटChatGPT सरकारी क्लाउड पूर्वाधारमा होस्ट गरिनेछOpenAI...
HomeLatest newsसरदरभन्दा ९ डिग्रीले घट्यो पश्चिम तराईको तापक्रम, जनजीवन प्रभावित

सरदरभन्दा ९ डिग्रीले घट्यो पश्चिम तराईको तापक्रम, जनजीवन प्रभावित



९ पुस, काठमाडौं । नेपालको तराई क्षेत्र, विशेषगरी पश्चिम तराईमा विगत केही दिनदेखि चिसो ह्वात्तै बढेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार धनगढी र नेपालगन्ज लगायतका क्षेत्रमा अधिकतम तापक्रम सरदरभन्दा निकै तल झरेकाले ‘चिसो दिन’ को अवस्था सिर्जना भएको छ ।

मौसमविद् सरोज पुडासैनीका अनुसार डिसेम्बर २३ (हिजो) धनगढीको अधिकतम तापक्रम मात्र १३.१ डिग्री सेल्सियस रेकर्ड गरिएको छ, जबकि त्यहाँको यो समयको सरदर अधिकतम तापक्रम २२.३ डिग्री सेल्सियस हो । तर सरदरभन्दा करिब ९ डिग्री सेल्सियसको गिरावट आएपछि स्थानीयको दैनिकी र हवाई उडान प्रभावित भएको छ ।

त्यसैगरी, नेपालगन्जको तापक्रम पनि सरदर २२.१ डिग्री सेल्सियस हुनुपर्नेमा हिजो घटेर १३.१ डिग्री सेल्सियस पुगेको छ । आज पनि ती क्षेत्रको तापक्रम १५ देखि १७ डिग्री सेल्सियस आसपास रहने अनुमान गरिएको मौसमविद पुडासैनीले जानकारी दिए ।

तराईदेखि पहाडी खोँचसम्म हुस्सु र कुहिरो

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि देशभरका तराई भू-भागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ । तराई मधेशका अधिकांश क्षेत्रमा भिजिबिलिटी (पारदर्शिता) १ किलोमिटर भन्दा कम रहेको छ ।

पश्चिम तराईमा हिजो दिनभरि नै घाम लाग्न सकेन, आज पनि अवस्था त्यस्तै हुने पूर्वानुमान छ ।

तराई मात्र नभई पहाडी क्षेत्रका खोँच, उपत्यका र नदी तटीय क्षेत्रहरूमा पनि हुस्सु लागेको पुडासैनीले बताए ।

काठमाडौँ उपत्यकामा भने बिहानको समयमा केही हुस्सु लागे पनि दिउँसो घाम लाग्ने प्रक्षेपण गरिएको छ ।

आज काठमाडौंको न्यूनतम तापक्रम ५.५ डिग्री सेल्सियस मापन गरिएको छ, जुन हिजोको (४.९ डिग्री सेल्सियस) तुलनामा केही बढी हो । आज काठमाडौँको अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ ।

विभागले तराईदेखि मधेश प्रदेशसम्मका नागरिकलाई चिसोबाट बच्न विशेष सतर्कता अपनाउन आग्रह गरेको छ । घाम नलाग्ने र बाक्लो हुस्सु लाग्ने क्रम आगामी केही दिन जारी रहने देखिएकाले स्वास्थ्य र यात्रामा ध्यान दिन मौसमविद्को सुझाव छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More