― Advertisement ―

Vodafone AU ले हरेक Pixel 11 Pro XL प्रि-अर्डरको साथ नि:शुल्क PS5 हरू हस्तान्तरण गर्दैछ – तर तपाईंले अति छिटो पुग्नु पर्छ

The <a data-analytics-id="inline-link" href="https://www.techradar.com/phones/google-pixel-phones/7-things-we-saw-at-the-pixel-11-launch-from-googles-new-illuminated-phones-and-to-the-pixel-tag" data-url="https://www.techradar.com/phones/google-pixel-phones/7-things-we-saw-at-the-pixel-11-launch-from-googles-new-illuminated-phones-and-to-the-pixel-tag" data-hl-processed="none" data-articlesle=" data-mrf-recirculation="inline-link" data-before-rewrite-localise="https://www.techradar.com/phones/google-pixel-phones/7-things-we-saw-at-the-pixel-11-launch-from-googles-new-illuminated-phones-and1elxelx यहाँ अष्ट्रेलियामा आधिकारिक रूपमा प्रि-अर्डरहरू भइरहेका छन्, र हामीले सबै रिटेल र टेल दुवैका उत्कृष्ट...
HomeLatest newsसरकारलाई एमाले भोलेन्टियरको चुनौती- सुदन र सम्राटलाई कारबाही नगरे ‘परिस्थितिजन्य प्रतिरोध’

सरकारलाई एमाले भोलेन्टियरको चुनौती- सुदन र सम्राटलाई कारबाही नगरे ‘परिस्थितिजन्य प्रतिरोध’



७ मंसिर, काठमाडौं । नेकपा एमालेले गठन गरेको भोलेन्टियर फोर्सले बारामा भएको पछिल्लो घटनाप्रति आपत्ति जनाउँदै जेनजी अगुवा सुदन गुरुङ र सम्राट उपाध्यायलाई कारबाही गर्न माग गरेको छ ।

उक्त फोर्सका संयोजक पुष्पराज श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै सरकार लोकतन्त्रमा नभइ अराजकतामा विश्वास गर्ने र त्यसैलाई प्रशय दिने बाटोमा रहेको आरोप लगाएका छन् ।

‘…तसर्थ देश, जनता र पार्टी पङ्तिको सुरक्षाको लागि ‘जनताको सुरक्षा जनता मार्फत’ नै भन्ने उद्देश्यले स्थापना भएको हाम्रो संगठन हामी नेपालका सुदन गुरुङ र सम्राट उपाध्याय लगायत अराजक झुन्डहरूलाई यथाशीघ्र आवश्यक कारबाही अघि बढाउन जोडदार माग गर्दछ,’ जारी विज्ञप्तिमा भनिएको, ‘साथै सरकारले उक्त घटनाको सवेदनशीलतालाई नबुझ्ने हो र अपराधीलाई उन्मुक्ति दिने हो परिस्थितिजन्य प्रतिरोधको जिम्मेवारी सरकारले लिनु पर्ने चेतावनी पनि दिन चाहन्छौं ।’

साथै, आइतबार एमाले पोलिटब्यूरो सदस्य महेश बस्नेतमाथि भएको बेलुन प्रहारप्रति पनि फोर्सले ध्यानाकर्षण गराएको छ ।

उक्त घटनामा संलग्न सञ्जोग गौतमलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई थप कारबाही नेविसंघले गरोस् भन्ने चाहना फोर्सले राखेको पनि श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।





Read More