― Advertisement ―

यो कीर्तिमान तोड्ने पराबैंगनी क्रिस्टलले आणविक घडीहरू अनलक गर्न सक्छ र पनडुब्बी, अन्तरिक्ष यान र मिसाइलहरूले बाह्य संकेतहरू बिना नै नेभिगेट गर्ने तरिका परिवर्तन...

अवस्थित न्यूक्लकायोरको प्रतिज्ञा गर्ने समय प्रणालीहरूथोरियम 229 ले व्यावहारिक आणविक समय मापनको दुर्लभ मार्ग प्रदान गर्दछअल्ट्राभाइलेट ब्रेकथ्रुले आणविक घडीको विकासमा सबैभन्दा कठिन बाधाहरू मध्ये...
HomeLatest newsसमानुपातिकको बन्द सूचीबाट राष्ट्रिय सभामा जम्प – KhabarHost

समानुपातिकको बन्द सूचीबाट राष्ट्रिय सभामा जम्प – KhabarHost



११ माघ, विराटनगर । राजनीतिमा कतिबेला कुन मोड आउँछ, पत्तो हुँदैन । नेकपा एमालेका नेता सोम पोर्तेलको हकमा पनि त्यस्तै भयो । २१ फागुनको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक बन्दसूचीमा बसेका पोर्तेललाई पार्टीले राष्ट्रिय सभाको चुनावी मैदानमा उतार्‍यो ।

नेपाली कांग्रेस, नेकपा एमाले र जनता समाजवादी पार्टी नेपालको गठबन्धन भएका कारण प्रदेशको दलित कोटाबाट उनी माथिल्लो सदन (राष्ट्रिय सभा) को सदस्यमा निर्वाचित भएका छन् । आइतबार सार्वजनिक अन्तिम मत परिणामअनुसार दलिततर्फ निर्वाचित पोर्तेलले ७४२३ मत प्राप्त गर्दा नेकपा उम्मेदवार खेम सुन्दासले २०३७ मत प्राप्त गरे ।

२०३५ साल फागुनमा पाँचथरमा जन्मिएका पोर्तेल हाल झापाको हल्दिबारीका स्थायी बासिन्दा हुन् । उनको राजनीतिक यात्रा २०४७ सालको विद्यार्थी आन्दोलनबाट अनेरास्ववियुमार्फत भएको थियो ।

पार्टीको सबैभन्दा तल्लो निकाय वडा कमिटीबाट आफ्नो जिम्मेवारी सुरु गरेर गाउँ, जिल्ला र प्रदेशसम्मको अनुभव बटुलेका पोर्तेल ४७ वर्षको उमेरमा राष्ट्रिय सभा सदस्य निर्वाचित भए ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका विश्वास पात्र मानिने पोर्तेल हाल एमालेको भ्रातृ संगठन ‘मुक्ति समाज नेपाल’ को केन्द्रीय उपमहासचिवको जिम्मेवारीमा छन् ।

मनोनयन दर्ताको दिनसम्म उनी उम्मेदवार हुने चर्चा थिएन । एक्कासी पार्टीबाट निर्देशन आएपछि मनोनयन दर्ता गरेका उनले मनोनयन दर्ताको भोलिपल्ट मात्रै समानुपातिक बन्दसूचीबाट नाम हटाएका थिए ।

पोर्तेलसँग स्थानीय सरकार सञ्चालनको दरिलो अनुभव छ । उनले २०७४ देखि २०७९ सम्म झापा जिल्ला समन्वय समितिको प्रमुखको रूपमा काम गरेका थिए ।

राष्ट्रिय सभालाई प्रायः पाका र अवकाश प्राप्त नेताहरूको थलोका रूपमा हेरिने नेपाली राजनीतिको भाष्यलाई पोर्तेल चिर्न चाहन्छन् ।

‘जनप्रतिनिधि मतदाताप्रति उत्तरदायी हुनुपर्छ, हाम्रा मतदाता स्थानीय तह र प्रदेश हुन्,’ उनले भने, ‘यो संरचनाप्रति अलिक बढी उत्तरदायी भएर काम गर्छौं ।’ स्थानीय तह र प्रदेश संरचनालाई प्रभावकारी र दरिलो बनाउन पहल गर्ने बताए ।

उनले दलित तथा अल्पसंख्यक समुदायका लागि पनि काम गर्ने बताए । ‘दलित समुदायसँगै मधेशी, महिला आदिवासी र अन्य क्षेत्रका जे समस्या छन् ती समस्या समाधान गर्न राष्ट्रिय सभामा वकालत गर्छु,’ उनले भने, ‘समृद्ध नेपाल र सुखी नेपालीको पक्षमा पनि काम गर्छु ।’

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More