― Advertisement ―

स्पेसएक्सका सीईओ एलोन मस्कद्वारा दिनको उद्धरण: “हामीले गरेका सबैभन्दा ठूलो गल्तीहरू मध्ये एक व्यक्तिको लागि अति सजिलो चीजहरू स्वचालित गर्ने प्रयास गर्नु थियो” –...

SpaceX CEO एलोन मस्क पछिल्लो दशकमा रोबोटिक्सको विकासमा एक केन्द्रीय व्यक्तित्व बनेका छन्, दुबै रोबोटिक्सका निर्माता र रोबोटिक्सको प्रयोगकर्ताको रूपमा, उहाँको नेतृत्वमा रहेको कम्पनीसँग।...
HomeLatest newsसमानुपातिक उम्मेदवारी फिर्ता लिने सचिन ढकालको घोषणा

समानुपातिक उम्मेदवारी फिर्ता लिने सचिन ढकालको घोषणा



१९ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट प्रतिनिधिसभा सदस्यका लागि समानुपातिकतर्फ उम्मेदवार बनेको फुबल चितवन क्लब (एफसी चितवन) का अध्यक्ष सचिन ढकालले उम्मेदवारी फिर्ताको घोषणा गरेका छन् ।

रास्वपाले निर्वाचन आयोगमा बुझाएको समानुपातिकतर्फको बन्दसूचीमा परेकोभन्दै चौतर्फी विरोध भएपछि उनले शनिबार उम्मेदवारी फिर्ताको घोषणा गरेको हुन् । ‘नेपालको संविधानले व्यवस्था गरेको समानुपातिक निर्वाचन प्रणालीको मर्म र मान्यताको सम्मान गर्दै यस पटक व्यक्तिगत कारणवश उक्त सूचीबाट आफ्नो नाम फिर्ता लिने निर्णय गरेको जानकारी गराउँछु,’ ढकालले फेसबुकमा लेखेका छन् ।

युवाको सामूहिक नेतृत्वमा सुशासनसहितको समुन्नत नेपाल निर्माण गर्ने अभियानप्रति निरन्तर प्रतिबद्ध रहने भन्दै उनले आगामी दिनमा राष्ट्र र समाजको हितमा राजनीतिक जिम्मेवारी बहन गर्न तयार रहेको प्रतिबद्धता पनि जाहेर गरेका छन् ।

ढकालले उद्यमशीलताको प्रवर्द्धनमार्फत् सामाजिक रुपान्तरण र मुलुकको विकास आवश्यक रहेको र त्यसका लागि नवयुवाहरू अघि सरिरहेको परिवेशमा आफूलाई समानुपातिक निर्वाचनको बन्दसूचीमा समावेश गरेकोभन्दै पार्टी नेतृत्वप्रति आभार पनि व्यक्त गरेका छन् ।

‘सुशासनसहितको समुन्नत नेपाल निर्माणका लागि नवीन सोच, ऊर्जा र प्रतिबद्धतासहित नवयुवाहरूको सामूहिक प्रयासप्रति मेरो सदा साथ र सहयोग रहनेछ,’ ढकालले भनेका छन् ।

ढकाल व्यवसायी चन्द्र ढकालका छोरा हुन् । उनी आफैं पनि पर्यटन तथा हस्पिटालिटीको व्यसायमा संलग्न छन् ।





Read More