― Advertisement ―

निन्जाले घरको कफी निर्माताहरूसँगको सबैभन्दा ठूलो, सबैभन्दा घिनलाग्दो समस्या समाधान गरेको छ, र बरिस्टाको रूपमा, म विश्वास गर्न सक्दिन कि कसैले यो पहिले सोचेको...

म यहाँ TechRadar मा धेरै कफी मेसिनहरूको परीक्षण गर्छु - प्रत्येक वर्ष एक दर्जन भन्दा बढी - र त्यहाँ एउटा कुरा छ जसले मलाई...
HomeLatest newsसप्तरीमा शंकास्पद वस्तु विस्फोट, ४ बालक घाइते – KhabarHost

सप्तरीमा शंकास्पद वस्तु विस्फोट, ४ बालक घाइते – KhabarHost



२४ माघ, सप्तरी । सप्तरीको रुपनी गाउँपालिका–६ दुधैला खोलामा शंकास्पद वस्तु विस्फोट भएको छ । उक्त विस्फोटमा परी ४ जना बालक घाइते भएका छन् ।

सो ठाउँमा बनभोज खान त्यहाँ पुगेका बालकले खोलामा भेटिएको सकेट बमजस्तो देखिने खेलौना दाउरासँगै जम्मा गरेर राखेका थिए । चुल्हो नजिक राखिएको खेलौना अचानक विस्फोट भएको हो ।

उक्त विस्फोटमा छर्रा लागेर सोही ठाउँका साजन आले मगरका ११ वर्षका छोरा साहस, मनोज थापा मगरका ९ वर्षका छोरा प्रशिस, कर्णबहादुर थापा मगरका १६ वर्षका छोरा कविर र पदमबहादुर विकका १३ वर्षको छोरा सुरज घाइते भएका हुन् ।

चारै जनालाई मधेश प्रदेश प्रहरी अस्पताल रुपनीमा उपचारपछि थप उपचारका लागि छिन्नमस्ता अस्पताल राजविराज ल्याइएको छ । घाइतेमध्ये साहस र प्राशिसको खुट्टा र शरीरका विभिन्न भागमा र कविर र सुरजको शरीरको विभिन्न भागमा छर्रा लागेको हो ।

उक्त स्थान नेपाली सेनाको अभ्यास स्थल रहेको र सेनाले बिर्सिएर छोडेको वा बम विस्फोट गर्ने क्रममा असफल भई हराएको बम बिस्फोट भएको हुन सक्ने स्थानीयले आशंका गरेका छन् ।

बालकलाई भेटिएको ती शंकास्पद वस्तु र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी डम्बरबहादुर पुरीले बताए ।





Read More