― Advertisement ―

HomeLatest newsसन्तोषीको अर्को कीर्तिमान, जितिन् कांस्य पदक – KhabarHost

सन्तोषीको अर्को कीर्तिमान, जितिन् कांस्य पदक – KhabarHost


News Summary

Generated by OK AI. Editorially reviewed.

  • सन्तोषी श्रेष्ठले भारतको राँचीमा भएको चौथो साउथ एसियन सिनियर एथ्लेटिक्स च्याम्पियनसिप २०२५ मा महिला १०००० मिटरमा नयाँ राष्ट्रिय कीर्तिमान बनाउँदै कांस्य जितिन्।
  • उनले ३४ मिनेट ४७.७७ सेकेण्डमा दौड पूरा गरी १९ वर्ष पुरानो कान्छीमाया कोजुको राष्ट्रिय कीर्तिमान तोडिन्।
  • सन्तोषीले महिला ५००० मिटरमा पनि नयाँ राष्ट्रिय कीर्तिमान बनाउँदै कांस्य पदक जितेकी छिन्।

९ कात्तिक, काठमाडौं । ‘गोल्डेन गर्ल‘को उपनामले परिचित सन्तोषी श्रेष्ठले भारतमा भएको चौथो साउथ एसियन सिनियर एथ्लेटिक्स च्याम्पियनसिप २०२५ मा अर्को राष्ट्रिय कीर्तिमान बनाएकी छिन् ।

राँचीमा भएको च्याम्पियनसिपमा उनले महिला १०००० मिटरमा नयाँ राष्ट्रिय कीर्तिमान बनाउँदै कांस्य जितेकी हुन् । सन्तोषीले निर्धारीत दूरी ३४ मिनेट ४७.७७ सेकेण्डमा पूरा गर्दै कान्छीमाया कोजुको नाममा रहेको १९ वर्ष पुरानो राष्ट्रिय कीर्तिमान तोडेकी हुन् ।

कान्छिमाया कोजुले सन् २००६ मा कोलोम्बोमा भएको साउथ एसियन गेम्समा ३५ मिनेट ०३.४३ सेकेण्डको राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् ।

यसअघि सन्तोषीले शुक्रबार महिला ५००० मिटरमा पनि कान्छीमायाकै राष्ट्रिय कीर्तिमान तोड्दै कांस्य जितेकी थिइन् ।

सन्तोषीले च्याम्पियनसिपमा प्रतिस्पर्धा गरेको दुवै इभेन्टमा नयाँ राष्ट्रिय कीर्तिमान बनाउँदै कांस्य जितेकी हुन् । सन्तोषीले केही समयअघि भारतकै भएको दिल्ली हाफ म्याारथनमा पनि नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More