― Advertisement ―

Exit 8 निर्देशक गेन्की कावामुराले प्यारासाइटको बोङ जुन होबाट सिकेको डरलाग्दो फिल्म निर्माण प्रविधि प्रकट गर्दछ।

निम्न लेखमा Exit 8 का लागि माइल्ड स्पोइलरहरू छन्।एग्जिट ८ <a data-analytics-id="inline-link" href="https://www.techradar.com/streaming/entertainment/new-movies" मध्ये एक हो data-url="https://www.techradar.com/streaming/entertainment/new-movies-2026-guide" data-hl-processed="none" data-mrf-recirculation="inline-link" data-before-rewrite-localise="https://www.techradar.com/streaming/entertainment/2026 movie अहिले...
HomeLatest newsसन्तोष पन्त, सुनिल पोखरेलले ल्याए श्रृंखला ‘नवयुग’, जेनजीको खबरदारीको कथा

सन्तोष पन्त, सुनिल पोखरेलले ल्याए श्रृंखला ‘नवयुग’, जेनजीको खबरदारीको कथा


राष्ट्रिय

समाचार.

  • जेनजी पुस्ताले भ्रष्टाचार र बेथितिविरुद्ध खबरदारी गर्न गरेको प्रदर्शन देखाउने वेब-श्रृंखला ‘नवयुग’ सार्वजनिक भएको छ।
  • नाट्यकर्मी सुनील पोखरेल र हाँस्यकलाकार सन्तोष पन्तले ‘नवयुग’ सिरिजमा भ्रष्टाचार, बेथिति र राजनैतिक बेइमानीविरुद्ध खबरदारी गरेका छन्।
  • श्रृंखलामा पोखरेलले आदित्य गुरुको भूमिका निभाएका छन् भने सन्तोष पन्तले नेताको भ्रष्टाचारको प्रतीक ‘धमिरे’ को अभिनय गरेका छन्।

काठमाडौं । जेनजी पुस्ताले भ्रष्टाचार र बेथितिविरुद्ध खबरदारी गर्न गरेको प्रदर्शन देखाउने वेब-श्रृंखला सार्वजनिक भएको छ ।

कलाकारिताका दुई हस्ती नाट्यकर्मी सुनील पोखरेल र हाँस्यकलाकार सन्तोष पन्तलगायत कलाकारले जागरणमूलक यस्तो श्रृंखला थालेका हुन् ।

सिरिज ‘नवयुग’ मार्फत देशमा भइरहेको भ्रष्टाचार, बेथिति, कुसंस्कार, कुरीति र राजनैतिक नेतृत्वले गरेको बेइमानीविरुद्ध खबरदारी गर्न उनीहरू एकैसाथ श्रृंखलामा देखिएका हुन् ।

पोखरेल लामो समयदेखि चलचित्र र नाटकमा देखिएका थिएनन् । उनले गत भदौ २३ र २४ को युवाहरुको प्रदर्शनपछि पर्दामा आउनु परेको बताए ।

युवाहरु परिर्वतन चाहन्छन् । कुशासनको अन्त्य र सुशासनको सुरुआत सम्भव छ । देश युवापुस्तालाई हस्तान्तरण गर्नैपर्छ भन्ने श्रृंखलामार्फत दिन खोजिएको छ । स्वदेशमै केही गर्न सम्भव छ, विदेसिनु हुन्न भन्ने कथाको मूल सन्देश हो ।

नेताले देश खाए भन्ने प्रतिबिम्बका रुपमा सन्तोष पन्तले ‘धमिरे’ को भूमिकाको अभिनय गरेका छन् । अभिनेता पोखरेल आदित्य गुरु बनेर समाजलाई सकारात्मक दिशामा लैजान सम्भव छ भन्ने प्रेरणादायी गुरुका रुपमा देखिएका छन् ।

श्रृंखलालाई दीपक बस्नेतले लेखन तथा निर्देशन गरेका हुन् । टेलिचलचित्र नवयुग दिप क्रियटिभ युट्युब च्यानलबाट स्ट्रिमिङ भएको हो ।





Read More