― Advertisement ―

कामदारहरूले गोप्य रूपमा प्रतिबन्धित एआई उपकरणहरू काममा प्रयोग गर्छन् जबकि कम्पनी नीतिहरूले उनीहरूको बढ्दो दैनिक प्रयोगलाई स्पष्ट रूपमा निषेध गर्दछ।

कम्पनीका धेरै कर्मचारीहरूले गोप्य रूपमा उपकरण प्रयोग गर्छन्। प्रतिबन्धहरूकर्मचारीहरूले कहिलेकाहीँ AI प्रयोग लुकाउन आफ्नो व्यक्तिगत यन्त्रहरू प्रयोग गर्छन्ठूला संस्थाहरूले उच्च स्तरको अनाधिकृत AI प्रयोगको...
HomeLatest newsसखरखण्ड, पिँडालु र तरुलको भाउ घट्यो – KhabarHost

सखरखण्ड, पिँडालु र तरुलको भाउ घट्यो – KhabarHost


राष्ट्रिय

समाचार.

  • कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सखरखण्ड, पिँडालु र तरुलको भाउ घटेको तथ्यांक सार्वजनिक गरेको छ।
  • तरुलको भाउ बिहीबार प्रतिकिलो थोकमा औसत ३२ रुपैयाँ घटेर ७० रुपैयाँ कायम भएको छ।
  • सखरखण्ड र पिँडालुको भाउ क्रमशः १० र ९ रुपैयाँले घटेर ५३ र ५५ रुपैयाँमा किनबेच भइरहेको छ।

१ माघ, काठमाडौं । बजारमा सखरखण्ड, पिँडालु र तरुलको भाउ घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांक अनुसार यी कन्दमूलको भाउ घटेको हो ।

हिजो बुधबारको तुलनामा आज बिहीबार तरुलको भाउ प्रतिकिलो थोकमा औसत ३२ रुपैयाँ घटेको छ । बुधबार तरुल प्रतिकिलो थोकमा औसत १ सय २ रुपैयाँमा किनबेच भएको थियो । आज बिहीबार भने प्रतिकिलो ७० रुपैयाँ कायम छ ।

यस्तै सखरखण्ड पनि प्रतिकिलो थोकमा १० रुपैयाँ घटेको छ । आज सखरखण्ड प्रतिकिलो थोकमा ५३ रुपैयाँमा किनबेच भइरहेको छ । हिजो प्रतिकिलो ६३ रुपैयाँमा किनबेच भएको थियो ।

यसैगरी हिजो बुधबारको तुलनामा आज बिहीबार पिँडालु प्रतिकिलो भाउ ९ रुपैयाँले घटेर ५५ रुपैयाँमा किनबेच भइरहेको तथ्यांकले देखाउँछ ।





Read More