― Advertisement ―

यो मिस-टुमिस कुपन कोडले तपाईंलाई ग्यालेक्सी S26 अल्ट्रा यसको सबैभन्दा कम मूल्यमा प्राप्त गर्न सक्छ – $ 950 सम्म छुट

यदि तपाईंले Samsung Galaxy S26 Ultra को लागि उपयुक्त दिन हो, त्यसोभए आज तपाईंको सौभाग्यपूर्ण दिन पर्खन सक्छ। Samsung मा, आधिकारिक खुद्रा बिक्रेताले हाल...
HomeLatest newsसंस्थापन इतरको आवाज बोकेर प्रवेश – KhabarHost

संस्थापन इतरको आवाज बोकेर प्रवेश – KhabarHost



३ पुस, काठमाडौं । एघारौं महाधिवेशनबाट नेकपा (एमाले)को १९ सदस्यीय पदाधिकारीमा अध्यक्ष केपी शर्मा ओलीसहित १७ जना निर्वाचित भए । ईश्वर पोखरेल प्यानलबाट उपाध्यक्षमा गोकर्ण विष्ट एक हजार ३६८ र उपमहासचिवमा योगेश भट्टराई एक हजार ३४८ मत पाएर विजयी भए ।

पोखरेल प्यानलमा निर्वाचित दुवै जना नवौं र दशौं महाधिवेशनबाट सचिवमा निर्वाचित भएका थिए ।

दुवैले २०४४ साउन ४ गते एकै दिन पार्टी सदस्यता प्राप्त गरेका थिए । उनीहरू २०७८ मा एमाले फुट्नु अघि केपी शर्मा ओली र माधवकुमार नेपाल पक्षबीच भएको १० बुँदे सहमति पक्षधर हुन् ।

२०७९ को निर्वाचनमा विष्ट गुल्मी र भट्टराई ताप्लेजुङबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । उमेरमा ६० वर्षीय विष्टभन्दा भट्टराई १४ महिनाले कान्छा छन् ।

विद्यार्थी आन्दोलनबाट राजनीति सुरु गरेका विष्टले अनेरास्ववियुको संगठन विभाग प्रमुख हुँदै दुई पटक प्रजातान्त्रिक राष्ट्रिय युवा संघको महासचिव बनेर काम गरिसकेका छन् ।

उनी सातौं महाधिवेशनबाट केन्द्रीय कमिटी निर्वाचित भएका थिए । २०६८ मा ऊर्जा मन्त्री बनेका विष्ट २०७४ मा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बनेका थिए ।

उपमहासचिवमा निर्वाचित भट्टराई २०५१ सालमा अनेरास्ववियुको केन्द्रीय अध्यक्ष थिए । उनी आठौं महाधिवेशनबाट केन्द्रीय सदस्य बनेका थिए ।

२०७७ सालमा भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री थिए ।

विष्ट र भट्टराई दुवै एउटा पदमा दुई कार्यकाल भन्दा बढी बस्न नपाइने र ७० वर्षे उमेर हदका पक्षधर हुन् ।

यो विषयमा केन्द्रीय सचिवालयमा आवाज उठाउने जिम्मेवारी विष्ट र भट्टराईकै काँधमा आएको छ । किनभने पदाधिकारीमा पराजित ईश्वर पोखरेल प्यानलका कतिपय नेताहरू केन्द्रीय कमिटी सदस्यमा समेत निर्वाचित हुन सकेका छैनन् ।

मतदातालाई धन्यवाद दिँदै भट्टराईले फेसबुकमा लेखेका छन्, ‘पार्टी सदस्य तथा आम जनसमुदायको निगरानी र परिक्षामा सदा रहिरहने छु ।’

विष्टको प्रतिबद्धता छ, ‘हाम्रो संगठित प्रयत्नले पार्टीलाई सबल, गतिशील र एकताबद्ध बनाउँदै, देशलाई अन्यौल र निराशाबाट निकास दिलाउने अवश्य सफल हुनेछौं ।’

यो प्रतिबद्धतामा कति खरो उत्रन्छन्, त्यो भने कार्यकाल नहेरी भन्न सकिँदैन ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More