९ पुस, काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा दायर भएका सबै रिटमाथि एकैसाथ सुनुवाइ हुने भएको छ ।
प्रतिनिधिसभा पुनर्स्थापना माग गर्दै कांग्रेस र अन्य दलका गरी निवर्तमान सांसदहरूले दायर गरेको रिटमा बुधबार सुनुवाइ भएको थियो ।
सर्वोच्चको संवैधानिक इजलासमा भएको यो सुनुवाइपछि यसअघि कांग्रेसका ८ निवर्तमान सांसदहरूले दायर गरेको रिटसँगै राखेर सुनुवाइ गर्न आदेश जारी भएको हो ।
कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे, सचेतक सुशीला थिङसहित ८ निवर्तमान सांसदले दिएको निवेदनका साथ सरिक हुन पाउँ भनी पूरक निवेदन दिएपछि संवैधानिक इजलासले एकैसाथ सुनुवाइ गर्न आदेश दिएको हो ।
अब संसद् पुनर्स्थापनाको माग राखि सर्वोच्चमा दर्ता भएका रिटमाथि एकसाथ सुनुवाइ हुनेछ ।
(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;
js = d.createElement(s);
js.id = id;
js.src = "https://connect.facebook.net/en_US/sdk.js";
fjs.parentNode.insertBefore(js, fjs);
(document, 'script', 'facebook-jssdk'));
Read More

