― Advertisement ―

टेक्सास इन्स्ट्रुमेन्टको व्यक्तिगत कम्प्युटर प्रभुत्वको लागि योजना थियो – एक मूल्य युद्धले यसलाई लगभग बर्बाद ल्यायो

जनवरी १९५१ मा, टेक्सासमा आधारित कम्पनी जियोफिजिकल सर्भिस इनकर्पोरेटले पुनर्संरचना कार्यक्रम गरायो।कम्पनी, जसले विकास गरेको थियो, अत्याधुनिक उपकरणको रूपमा सर्वेक्षणको रूपमा उद्योगमा प्रयोग गरिएको...
HomeLatest newsसंयमित आचरण देखाउन मधेश प्रदेश प्रमुखको आग्रह – KhabarHost

संयमित आचरण देखाउन मधेश प्रदेश प्रमुखको आग्रह – KhabarHost


राष्ट्रिय

समाचार.

  • मधेश प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले प्रदेशमा पछिल्ला राजनीतिक अस्थिरताप्रति चिन्ता व्यक्त गर्दै सबै पक्षलाई संयमित राजनैतिक आचरण अपनाउन आग्रह गर्नुभएको छ।
  • उहाँले संविधानको मूल मन्त्र ‘सहअस्तित्व, समन्वय र सहकार्य’ आत्मसात् गर्दै सबै पक्षलाई एकअर्काको अस्तित्व र मर्यादालाई सम्मान गर्न आह्वान गर्नुभएको छ।
  • प्रदेश प्रमुख लाभले विधिसम्मत समाधान निकाल्दै सुशासनयुक्त, सुस्वास्थ्य र समुन्नत मधेश निर्माणको अभियानमा सबैलाई एकजुट हुन आग्रह गर्नुभएको छ।

२८ कात्तिक, जनकपुरधाम । मधेश प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले मधेश प्रदेशमा पछिल्ला दिनहरूमा देखिएको राजनीतिक अस्थिरताप्रति चिन्ता व्यक्त गरेका छन् ।

त्यसले समग्र सामाजिक, राजनीतिक, आर्थिक र प्रशासनिक गतिविधिमा नकारात्मक प्रभाव परेको उनको भनाइ छ ।

बिहीबार पदभार ग्रहण गरेका उनले शुक्रबार एक विज्ञप्ति जारी गर्दै सबै पक्षलाई सहकार्य र संयमित राजनैतिक आचरण अपनाउन आग्रह गरेका छन् ।

समाज निरन्तर गतिशील रहने भन्दै उनलेआरोह–अवरोह आउनु स्वाभाविक भए पनि अनुशासन, संयमता र दृढताका साथ गन्तव्यतर्फ अविचल रहन  उनको सुझाव छ ।

विज्ञप्ति जारी गर्दै उनले भनेका छन्, ‘प्रदेशमा बढ्दो अनिश्चितता, आशंका, अविश्वास र आक्रोशका कारण विकासदेखि प्रशासनिक कार्यसमेत प्रभावित भइसकेको छ । त्यसैले संविधानको मूल मन्त्र ‘सहअस्तित्व, समन्वय र सहकार्य’ आत्मसात् गर्दै एक–अर्काको अस्तित्व र मर्यादालाई सम्मान गर्न सबै पक्षलाई आह्वान गर्दछु।’

मधेश प्रदेश संघीयता कार्यान्वयनमा मुखर भूमिका खेल्दै आएको भूगोल भएकाले संघीयताको सम्वर्द्धनमा यहाँका नागरिक, राजनीतिक नेतृत्व र प्रदेश सरकारको विशेष जिम्मेवारी रहेको प्रदेश प्रमुख लाभले उल्लेख गरेका छन्।

उपस्थित राजनीतिक समस्याको विधिसम्मत समाधान निकाल्दै सुशासनयुक्त, सुशिक्षित, सुस्वास्थ्य र समुन्नत मधेश निर्माणको अभियानमा समस्त दल, राजनीतिक व्यक्तित्व, सञ्चार जगत, बुद्धिजीवी, व्यवसायी, नागरिक समाज तथा प्रदेशका कर्मचारीहरू एकजुट हुन उनले आग्रह गरेका छन् ।

‘समुन्नत भविष्यको मार्ग प्रशस्त गर्न सहकार्य, समन्वय र संवाद अनिवार्य छ । मधेश प्रदेशको प्रगतिको महाअभियानमा सबैले हातेमालो गर्नुपर्छ,’ विज्ञप्तिमा उल्लेख छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More