― Advertisement ―

UFC 327 साँच्चै सस्तो हेर्न को लागी एक डरलाग्दो तरीका छ …

UFC 327 ले मियामीको कासेया सेन्टरमा रहेको खाली UFC लाइट हेवीवेट च्याम्पियनसिपको लागि Jiří Procházka ले कार्लोस उलबर्गसँग खेल्दा उच्च दांवको नाटक गर्ने वाचा...
HomeLatest newsश्लोक हिमालयन प्रिमियम ह्विस्की बजारमा – KhabarHost

श्लोक हिमालयन प्रिमियम ह्विस्की बजारमा – KhabarHost


राष्ट्रिय

समाचार.

  • हिमालयन डिस्टिलरी लिमिटेडले नयाँ प्रिमियम ‘श्लोक हिमालयन प्रिमियम ह्विस्की’ काठमाडौंका प्रमुख स्टोरहरूमा उपलब्ध गराएको छ।
  • श्लोक ह्विस्की क्वेरकस आल्बा काठका ब्यारेलमा परिपक्व गरिएको र मह, भ्यानिला, क्यारेमेल र स्मोकी फ्लेबरको मिश्रण रहेको कम्पनीले जनाएको छ।
  • श्लोक ह्विस्कीको विकासमा करिब पाँच वर्ष र ४०० भन्दा बढी नमुना परीक्षण गरिएको र ७५०, १८० र ९० मिलिलिटर परिमाणमा उपलब्ध छ।

२६ कात्तिक, काठमाडौं । हिमालयन डिस्टिलरी लिमिटेडले बहुप्रतिक्षित ‘श्लोक हिमालयन प्रिमियम ह्विस्की’ बजारमा ल्याएको छ। कम्पनीले हाललाई काठमाडौंका प्रमुख स्टोरहरूमा यो नयाँ प्रिमियम ह्विस्की उपलब्ध रहेको जनाएको छ।

यो ह्विस्की उत्कृष्ट शिल्पकौशलको प्रतीक रहेको कम्पनीको भनाइ छ। क्वेरकस आल्बा काठका ब्यारेलमा परिपक्व गरिएको यो ह्विस्कीमा मह, भ्यानिला, क्यारेमेल र स्मोकी फ्लेबरको सन्तुलित मिश्रण पाइने हिमालयनले जनाएको छ।

कम्पनीका अनुसार श्लोकमा प्रयोग हुने मदिराको विकासमा करिब पाँच वर्षको समय र ४०० भन्दा बढी नमुना परीक्षण गरिएको थियो। ‘श्लोक’ एउटा स्वाद मात्र होइन, एउटा कथा, प्रत्येक सिपसँग उत्पन्न हुने विशिष्ट अनुभव र उत्कृष्टताको अनुभूति हो’ कम्पनीले विज्ञप्तिमा भनेको छ ।

हाल ७५०, १८० र ९० मिलिलिटर गरी तीन प्रकारका परिमाणमा उपलब्ध छ । यी परिमाणको मूल्य क्रमशः २,८६०, ७१५ र ३६० रुपैयाँ तोकिएको छ । गुणस्तर र स्वादमा अन्तर्राष्ट्रिय स्तरको अनुभव खोज्ने नेपाली उपभोक्तालाई श्लोकले आकर्षित गर्ने हिमालयन डिस्टिलरीको दाबी छ ।

 

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More