― Advertisement ―

Chatbots चुपचाप तपाईले भन्नुभएको सबै कुरासँग सहमत हुन्छन्, र अनुसन्धानकर्ताहरूले कसरी सरल तुरुन्त परिवर्तनहरूले समस्या समाधान गर्न सक्छ भनेर प्रकट गर्छन्।

प्रयोगकर्ताको बट्टामा च्याटबटहरू प्रायः च्याटबटहरूको रायको रूपमा प्रत्यक्षविश्वस्त शब्दहरूले ठूलो भाषा मोडेलहरूमा सम्झौताको स्तरलाई उल्लेखनीय रूपमा बढाउँछप्रश्न-आधारित प्रम्प्टहरूले परीक्षण गरिएका AI प्रणालीहरूमा साइकोफ्यान्टिक प्रतिक्रियाहरू...
HomeLatest newsशेखर कोइरालाई राष्ट्रिय सभा निर्वाचनमा ३ सिट – KhabarHost

शेखर कोइरालाई राष्ट्रिय सभा निर्वाचनमा ३ सिट – KhabarHost



२३ पुस, काठमाडौं । नेपाली कांग्रेसमा छुट्टै समूहको नेतृत्व गर्दै आएका नेता डा. शेखर कोइराला पक्षले राष्ट्रिय सभाको निर्वाचनमा तीन सिट पाएको छ ।

नेकपा एमालेसँगको तालमेलमा राष्ट्रिय सभा सदस्यका लागि कांग्रेसले पाएको नौ सिटमध्ये कोइराला समूहलाई संस्थापन पक्षले तीन सिट दिएको छ ।

कोइराला समूहले आफूले पाएको तीन सिटमध्ये मधेश प्रदेशबाट रञ्जित कर्ण, बागमती प्रदेशबाट गीता देवकोटा र लुम्बिनी प्रदेशबाट बासुदेव जंगलीलाई उम्मेदवार बनाएको छ ।

कांग्रेसको भ्राते संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)का पूर्वअध्यक्ष कर्ण अपाङ्गता/अल्पसंख्यक, देवकोटा महिला र जंगली अपाङ्गता/अल्पसंख्यक क्लस्टरबाट सिफारिसमा परेका हुन् ।

कांग्रेसको भागमा परेका अन्य ६ जनामा सभापति शेरबहादुर देउवानिकट नेताहरू सिफारिसमा परेका छन् । राष्ट्रियसभा सदस्य निर्वाचनमा महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मानिकट कसैलाई पनि सिफारिस गरिएको छैन ।

कांग्रेसबाट कोशी प्रदेशबाट सुनिलबहादुर थापा (अन्य), मधेश प्रदेशबाट धर्मेन्द्र पासवान (दलित), गण्डकी प्रदेशबाट जगत तिमिल्सिना (अन्य), लुम्बिनी प्रदेशबाट चन्द्रबहादुर केसी (अन्य), कर्णाली प्रदेशबाट ललतिजंग शाही (अन्य) र सुदूरपश्चिम प्रदेशबाट खम्मबहादुर खाती (अन्य)लाई उम्मेदवार बनाइएको छ ।





Read More