― Advertisement ―

Amazon ले Pixel 11 सँग $ 100 उपहार कार्ड हालेको छ – सायद सबैभन्दा बोरिंग, तर उपयोगी, उद्घाटन सम्झौता

यदि तपाईंले आफूलाई सुरक्षित गर्नुभएको छैन भने Google Pixel 11 प्रिअर्डर, त्यसपछि मसँग फ्याँक्ने अर्को सम्भावित विकल्प छ। वास्तवमा, यो उत्तम विकल्प हुन सक्छ...
HomeLatest newsशीर्ष नेताहरूसँग छलफलको तयारीमा प्रधानमन्त्री कार्की

शीर्ष नेताहरूसँग छलफलको तयारीमा प्रधानमन्त्री कार्की



८ मंसिर, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की विभिन्न दलका शीर्ष नेताहरूसँगको वार्ताका लागि तयारीमा जुटेकी छन् । २१ फागुनका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको वातावरण बनाउन उनी दलका शीर्ष नेताहरूसँगको छलफलमा जुटेकी हुन् ।

स्रोतका अनुसार दलका दोस्रो तहका नेता र नागरिक समाजका केही अगुवाहरूले प्रधानमन्त्री कार्कीसँग शीर्ष नेताहरूको भेटवार्ताका लागि पहल गरिरहेका छन् ।

विभिन्न दलका शीर्ष नेताहरूसँग वार्ताको तयारी भइरहेको प्रधानमन्त्री कार्यालय स्रोतले बताएको छ । तर, कुन–कुन दलका शीर्ष नेताहरूसँग वार्ताको तयारी भइरहेको भन्नेबारे भने खुलाइएको छैन ।

‘छलफल चलिरहेको छ । एकसाथ भेट्ने कि अलगअलग भेट्ने विषय छलफलकै क्रममा छ,’ प्रधानमन्त्री कार्यालय सम्बद्ध स्रोतले भन्यो, ‘राजनीतिक दलका दोस्रो तहका नेताहरू र उहाँहरूनिकट नागरिक समाजका मान्छेहरूसँग विभिन्न तवरले सूचना आदानप्रदान भइरहेको छ ।’

शीर्ष नेताहरूसँगको छलफलका लागि प्रधानमन्त्री कार्कीले यही साताभित्रै निम्तो पठाउनसक्ने उक्त स्रोतको दाबी छ ।

‘यही हप्ताभित्रमा निम्तो जान्छ कि भन्ने हिसाबले कुरा भइराखेको छ, मिति तय भइसकेको छैन’ प्रधानमन्त्री कार्यालय सम्बद्ध स्रोतले भन्यो ।





Read More