― Advertisement ―

‘हामीले तपाईलाई आज असफल’: डाटा सेन्टर कूलिंग विफलता पछि धेरै घण्टाको लागि नेमचेप डाउन, ग्राहकहरू क्रोधित छोडेर

का लागि प्रमुख सेवाहरू उपलब्ध नहुने, नामचेचेपका लागि कष्ट घण्टाफिनिक्स डाटा सेन्टरमा "कूलिङ समस्याहरू" आउटेजको लागि दोषी ठहरियोग्राहकहरू आक्रोशित हुँदा यो समस्या पूर्ण रूपमा...
HomeLatest newsशीतले सडक चिप्लो भएपछि दाउन्नेमा १५ घण्टादेखि यातायात अवरुद्ध

शीतले सडक चिप्लो भएपछि दाउन्नेमा १५ घण्टादेखि यातायात अवरुद्ध



१५  पुस बुटवल । शीतलहरले सडक चिप्लो भएपछि पूर्वपश्चिम राजमार्गको दाउन्ने खण्डमा सवारी साधन आवागमन बन्द भएको छ  ।

दाउन्ने खण्डको उकालो र ओरालोमा शीतलहरले बाटो भिज्दा गाडी चिप्लिएर गुड्न नसकेपछि १५ घण्टादेखि  गाडी चल्न नसकेको इलाका प्रहरी कार्यालय दुम्कीबासका प्रहरी नायव निरीक्षक ज्ञानप्रसाद काफ्लेले बताए ।

सडकमा गाडी गुड्न नसकेपछि बर्दघाट र  दुम्किबासतर्फ गाडीको ठूलो लाम लागेको काफ्लेले बताए । शीतलहर कम भएपछि  सडक खुल्ने प्रहरीले जनाएको छ ।

निर्माणाधीन बुटवल नारायणगढ सडकखण्ड अन्तर्गत अन्य ठाउँमा सहज भए पनि दाउन्नेमा अझै काम बाँकी छ ।  काठमाडौंबाट बुटवल आउँदै गरेका यात्रु विनोद परियारले आफू १४ घण्टादेखि दाउन्नेमा जाममा फसेको बताए ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More