― Advertisement ―

निन्टेन्डोले टोमोडाची लाइफ: लिभिङ द ड्रीमले स्विच २ को नयाँ रिजोल्युसन बूस्ट सुविधालाई समर्थन गर्दैन भन्छ किनभने ह्यान्डहेल्ड मोड बूस्ट सक्षम वा असक्षम गरिएको...

Li>Temo>Woning Dream> Nintendo Switch 2 को नयाँ ह्यान्डहेल्ड मोड बूस्टलाई समर्थन गर्नुहोस्Nintendo भन्छन् खेलाडीहरूले स्विच 2 मा 1080p मा खेल्न सक्छन्ह्यान्डहेल्ड मोड बूस्ट डेमोमा...
Homeमनोरन्जनशनिबार ६० टेक्दै शाहरुख, मन्नतको बार्दलीबाटै प्रशंसकलाई स्वागत गर्ने शनिबार ६० टेक्दै...

शनिबार ६० टेक्दै शाहरुख, मन्नतको बार्दलीबाटै प्रशंसकलाई स्वागत गर्ने शनिबार ६० टेक्दै शाहरुख, मन्नतको बार्दलीबाटै प्रशंसकलाई स्वागत गर्ने


News Summary

Generated by OK AI. Editorially reviewed.

  • बलिउड सुपरस्टार शाहरुख खानले ६० औं जन्मदिनको पूर्वसन्ध्यामा फ्यानसँग ‘आस्क एसआरके’ अन्तक्रिया गरिरहेका छन्।
  • शाहरुखले आफ्नो प्रतिष्ठित मुम्बई बंगला मन्नतको मर्मतसम्भार भइरहेको र हाल भाडामा बसिरहेको खुलाएका छन्।
  • उनको आगामी फिल्म ‘किङ’ सिद्धार्थ आनन्दले निर्देशन गर्दैछन् र छोरी सुहाना र अभिषेक बच्चन मुख्य भूमिकामा छन्।

मुम्बई । बलिउड सुपरस्टार शाहरुख खान शनिबार ६० औं जन्मदिन मनाउँदैछन् । जन्मदिनको पूर्वसन्ध्यामा उनले टिव्टरमा फ्यानसँग अन्तक्रिया गरिरहेका छन् ।

‘आस्क एसआरके’ ह्यासट्यागसहित शाहरुखले प्रशंसकले पठाएका सन्देशमा जवाफ दिइरहेका छन् । प्रशंसकसँग गफिने र माया बाँड्ने उनको यो शैली पनि हो ।

अन्तक्रियामा सुपरस्टारले किन अब अन्तर्वार्ता दिँदैनन्, ६० वर्षको उमेरमा आफूलाई कसरी हेर्छन् र आफ्नो वार्षिक परम्पराको रूपमा आफ्नो प्रतिष्ठित मुम्बई बंगला मन्नत बाहिर भेला हुने प्रशंसकलाई स्वागत गर्छन् कि गर्दैनन् भन्ने जस्ता प्रश्नलाई सम्बोधन गरे ।

उनको प्रतिष्ठित बंगालाको अहिले मर्मतसम्भारको काम चलिरहेको छ । हाल उनी मन्नतमा बस्दैनन् । रिपोर्ट अनुसार शाहरुखले आफ्नो विशेष दिन आफ्नो अलिबाग फार्महाउसमा परिवार र साथीहरूसँग मनाउनेछन् ।

जब एक प्रशंसकले उनलाई अन्तर्वार्ता दिन अनुरोध गरे, अभिनेताले आफ्नो चल्तीको हाँसोसहित जवाफ दिए, ‘भन्नको लागि केहि नयाँ छैन । पुराना अन्तर्वार्ता धेरै पुरानो भइसकेका छन् त्यसैले … हा हा ।’

अहिले शाहरुखको बंगला मन्नतको प्रमुख मर्मतसम्भार भइरहेको छ र अभिनेताले आफ्नो र परिवारको लागि सोही क्षेत्रमा २ वर्षको लागि अस्थायी रूपमा विलासी अपार्टमेन्ट भाडामा लिएका छन् ।

एक प्रशंसकले शाहरुखलाई हरेक वर्ष मन्नत बाहिर भेला हुने प्रशंसकलाई स्वागत गर्छन् कि गर्दैनन् भनेर सोधेका थिए । जवाफमा उनले परम्परा जारी रहने आश्वासन दिए । तर रमाइलो प्रसंगसहित । उनले भने, ‘अवश्य पनि तर बलियो टोपी लगाउनु पर्न सक्छ ।’

मन्नतमा एउटा कोठाको लागि अनुरोध गर्ने फ्यानका लागि उनीसँग चञ्चल जवाफ पनि थियो । ती फ्यान अहिले शाहरुखको जन्मदिन मनाउन मुम्बईमा छन् ।

शाहरुखले भने, ‘मन्नतमा मसँग कोठा पनि छैन आजकल । भाडामा बस्छु ।’ अर्को फ्यानले सुपरस्टारलाई यस चरणमा जीवनमा उनको प्राथमिकताको बारेमा सोधे, जसको जवाफमा उनले भने, ‘मेरा बच्चाहरूसँग समय बिताउने । सन्तुलित र स्वस्थ रहने ताकि म मनोरञ्जन गर्न सकूँ र बढी धैर्यवान र मायालु बनूँ ।’

उनलाई प्रशंसकले आउँदो फिल्म ‘किङ’ बारे पनि सोधखोज सोधियो । उनले भने, ‘मैले अहिलेसम्म टाइटल घोषणा गरेको छैन र तपाईं मलाई टिजरको लागि सोध्दै हुनुहुन्छ ।’

एक फ्यानले शाहरुखको लुकको प्रशंसा गर्दै लेखे, ‘तपाईं तिमी किन यति सुन्दर हुनुहुन्छ ? जवाफमा लेखे, ‘मलाई लाग्छ उमेर मलाई सुहाउँछ । साठीमा सेक्सी !!! सत्तरीमा उत्कृष्ट । असीमा आकर्षक र यस्तै ।’

अर्का एक फ्यानले छोरा आर्यनले निर्देशन गरेको फिल्म ’द ब्याड्स अफ बलिउड’ मा शाहरुखको अनुभवको बारेमा सोधे । उनले जवाफ दिए, ‘सेटमा म उनीहरूलाई मेरा सहकर्मीजस्तै सम्मान गर्छु र उनीहरूको इनपुट र कडा परिश्रमको कदर गर्छु । सेट बाहिर म चाहन्छु र प्रार्थना गर्छु कि उनीहरूको कडा परिश्रम फलदायी होस् ।’

शाहरुखको जन्मदिनको छेकोमा अहिले शाहरुख खान चलचित्र महोत्सव चलिरहेको छ । यस विशेष अवसरमा भारत र अन्तर्राष्ट्रिय बजारका थिएटरमा उनका प्रसिद्ध फिल्मको प्रदर्शन भैरहेको छ ।

यो पहलले दर्शकलाई फेरि एक पटक ठूलो पर्दामा शाहरुखका केही प्रतिष्ठित फिल्मलाई पुनः अनुभव गर्ने मौका दिएको छ ।

कामको कुरा गर्ने हो भने, शाहरुखको आगामी फिल्म ’किङ’ सिद्धार्थ आनन्दले निर्देशन गर्दैछन्, जसले पहिले ‘पठान’ निर्देशन गरेका थिए । फिल्ममा उनकी छोरी सुहाना र अभिनेता अभिषेक बच्चन पनि मुख्य भूमिकामा हुनेछन् ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More