― Advertisement ―

‘हामी मोबाइल संचार प्रजातान्त्रिक गर्दैछौं’: Lidl नयाँ MVNO सँग बजेट मोबाइल फोन योजनाहरू सुरू गर्दैछ

Lidl1 with deals sign for new MVNOकम लागत, छोटो अवधिको मोबाइल योजनाहरू प्रस्ताव गर्न खोज्छLidl ले विश्वभर 100 मिलियन भन्दा बढी ग्राहकहरूलाई समेटेको छLidl...
HomeLatest newsव्यक्तिको विवरण फेरेर राष्ट्रिय परिचयपत्र ‘एप्रुभ’, कर्मचारीसहित २ जना पक्राउ

व्यक्तिको विवरण फेरेर राष्ट्रिय परिचयपत्र ‘एप्रुभ’, कर्मचारीसहित २ जना पक्राउ



२९ मंसिर, काठमाडौं । व्यक्तिका विवरणहरु हेरफेर गर्दै राष्ट्रिय परिचयपत्र एप्रुभ गरेको आरोपमा कर्मचारीसहित दुई जना पक्राउ परेका छन् ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका कर्मचारीसहित दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ परेका २८ वर्षीय सुनित रेग्मी पञ्जीकरण विभागकै कर्मचारी हुन् । उनीसँगै अर्का प्रतिवादी गोरखा नगरपालिका–१० घर भइ ललितपुर बस्दै आएका २८ वर्षीय आशिष बाबु कुमाल पक्राउ परेका छन् ।

गलत मनसाय राखी उनीहरुले विवरण हेरफेर गर्दै एप्रुभ गरेको प्रहरीले बताएको छ । पञ्जीकरण विभागको युजर आईडी र पासवर्ड दुरुपयोग गरी राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐनको दफा ४१ को कसुर गरेको आरोपमा उनीहरुमाथि अनुसन्धान अघि बढाइएको छ ।

पक्राउ परेकाहरुविरुद्ध पाँच दिनको म्याद काठमाडौं जिल्ला अदालतबाट थप भएको छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More