― Advertisement ―

ExpressVPN ले आफ्नो डेस्कटप एपहरूलाई दृश्य परिवर्तन र AI मा ठूलो धक्का दिन्छ

यसको विन्डोजको p42V संस्करण, एक्सप्रेस, 02 मा एक्सप्रेस। र लिनक्स एपहरू,अद्यावधिकले एपलाई पूर्वनिर्धारित रूपमा कम्प्याक्ट मोडमा खोल्छ, क्लिनर लुकको साथनयाँ MCP सर्भरले AI कोडिङ...
HomeLatest newsवैदेशिक लगानी सहजीकरण गर्न बोर्डले तोक्यो आर्थिक कूटनीति सम्पर्क व्यक्ति

वैदेशिक लगानी सहजीकरण गर्न बोर्डले तोक्यो आर्थिक कूटनीति सम्पर्क व्यक्ति


राष्ट्रिय

समाचार.

  • लगानी बोर्ड नेपालले उपसचिव मनोज रेग्मीलाई आर्थिक कूटनीति सम्पर्क व्यक्ति तोकेको छ।
  • आर्थिक कूटनीति सम्पर्क व्यक्तिले परराष्ट्र मन्त्रालय र विदेशस्थित नेपाली कूटनीतिक नियोगसँग समन्वय गरी लगानी वृद्धिमा सहजीकरण गर्नेछन्।
  • सम्पर्क व्यक्तिले अन्तर्राष्ट्रिय समुदायलाई लगानीबारे बुझाउन, सूचना आदान प्रदान गर्न र समस्या समाधान गर्न भूमिका निर्वाह गर्नेछन्।

१५ माघ, काठमाडौं । आर्थिक कूटनीति मार्फत नेपालमा अन्तर्राष्ट्रिय लगानी थप सहजीकरण र प्रवर्द्धनमा समन्वय गर्न लगानी बोर्ड नेपालले उपसचिव मनोज रेग्मीलाई आर्थिक कूटनीति सम्पर्क व्यक्ति तोकेको छ ।

लगानी बोर्डका सहसचिव हेमराज तामाङका अनुसार आर्थिक कूटनीति सम्पर्क व्यक्तिले परराष्ट्र मन्त्रालय र विदेशस्थित नेपाली कूटनीतिक नियोगका प्रतिनिधिसँग समन्वय गरी नेपालमा लगानी वृद्धिका लागि सहजीकरण गर्नेछन् ।

त्यसैगरी नेपालमा लगानीबारे अन्तर्राष्ट्रिय समुदायलाई बुझाउन, सूचना आदान प्रदान गर्न र  देखापरेका समस्या समाधान गर्न पनि भूमिका निर्वाह गर्नेछन् ।

केही समयअघि लगानी बोर्डको सहकार्यमा परराष्ट्र मन्त्रालयले आयोजना गरेको बैठकमा विदेशस्थित कूटनीतिक नियोगका प्रतिनिधिले सम्पर्क व्यक्तिको व्यवस्था भए नेपालमा लगानीबारे बुझ्न र लगानी वृद्धिका लागि सकारात्मक भूमिका निर्वाह गर्न सक्ने धारणा व्यक्त गरेका थिए ।

लगानी बोर्डले आर्थिक कूटनीति सम्पर्क व्यक्ति तोकेको जानकारी परराष्ट्र मन्त्रालयलाई गराएको छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More