― Advertisement ―

गति रणनीति होइन: मानव निर्णय एआई-नेतृत्व निर्णयहरूमा केन्द्रित हुनुपर्छ

संगठनहरूले एआई उपकरणले निर्णय लिने अपेक्षा गरिएको छ केही वर्ष पहिले अवास्तविकएआईले नाटकीय रूपमा विस्तार गरिरहेको छ कि संगठनहरूले कति चाँडो बुझ्न, व्याख्या...
HomeLatest newsवैज्ञानिकले बनाए नयाँ एआई, जसले निद्राकै आधारमा पत्ता लगाउँछ भविष्यमा लाग्ने रोग

वैज्ञानिकले बनाए नयाँ एआई, जसले निद्राकै आधारमा पत्ता लगाउँछ भविष्यमा लाग्ने रोग


राष्ट्रिय

समाचार.

  • स्ट्यानफोर्ड विश्वविद्यालयसहितका वैज्ञानिकहरूले स्लीप एफएम नामक एआई मोडेल विकास गरेका छन् जसले निद्राको डेटाबाट भविष्यका रोगहरूको जोखिम पत्ता लगाउन सक्छ।
  • स्लीप एफएमले करिब १०० रोगहरूको जोखिम निद्राको पोलिसोम्नोग्राफी डेटाको आधारमा सटीक पूर्वानुमान गर्न सक्षम छ भने यसले हृदयाघात, डिमेन्सिया लगायतका रोगहरू पहिचान गर्न सहयोग गर्छ।
  • यो एआई मोडेललाई करिब ६५ हजार मानिसका ५ लाख ८५ हजार घण्टा निद्राको डेटा प्रयोग गरी प्रशिक्षित गरिएको छ र यसले स्वास्थ्य परीक्षणको स्वरूप परिवर्तन गर्न सक्ने दावी गरिएको छ।

शोधकर्ताहरूले एक अत्याधुनिक आर्टिफिसियल इन्टेलिजेन्स मोडेलको विकास गरेका छन् । उक्त एआईले भविष्यमा कुनै रोगको जोखिम छ कि छैन भन्ने तथ्य हाम्रो अहिलेको निद्राको आधारमा पत्ता लगाइदिन सक्ने दावी गरिएको छ ।

स्लीप एफएम नामक उक्त एआई मोडेलले व्यक्तिको निद्राको डेटाको आधारमा भविष्यमा रोगहरुको जोखिम छ कि छैन भन्ने अनुमान गर्न सक्छ । यसले करिब १०० प्रकारका रोगहरूको बारेमा बताइदिन सक्ने वैज्ञानिकहरूले बताएका छन् ।

अमेरिकाको स्ट्यानफोर्ड विश्वविद्यालयसहित विभिन्न अनुसन्धान संस्थानका वैज्ञानिकहरूको सहकार्यमा उक्त एआई मोडेल तयार गरिएको हो ।

सो एआईलाई करिब ६५ हजार मानिसका 5 लाख ८५ हजार घण्टा भन्दा बढी समयको निद्राको डेटा प्रयोग गरेर प्रशिक्षित गरिएको छ । वैज्ञानिकहरूका अनुसार, यति ठूलो र गहन डाटासेटका कारण यो मोडेल अत्यन्तै सटीक परिणाम दिन सक्षम छ ।

स्लीप एफएमले कसरी काम गर्छ ?

नेचर मेडिसिनमा प्रकाशित अध्ययनअनुसार सुरुमा यस एआईलाई निद्रासम्बन्धी आधारभूत कार्यहरूका लागि परीक्षण गरिएको थियो । जसमा निद्राका विभिन्न चरणहरूको पहिचान र अनिद्रा रोग अर्थात् स्लीप एप्नियाको गम्भीरता मापन गरियो । त्यसपछि निद्राको डेटालाई अस्पतालका स्वास्थ्य अभिलेखसँग तुलना गरियो ।

यस क्रममा वैज्ञानिकहरूले १ हजार भन्दा बढी रोगहरूको विश्लेषण गरे । तीमध्ये करिब १३० रोगको जोखिम केवल निद्राको डेटाको आधारमै निकै सटीक रूपमा पूर्वानुमान गर्न सफल भयो ।

निद्राको डाटा किन महत्वपूर्ण ?

यस अध्ययननका मुख्य लेखक मध्मेका एक हुन्, इम्यानुएल मिग्नोट । उनी स्ट्यानफोर्ड विश्वविद्यालयका निद्रा चिकित्सा विज्ञानका प्राध्यापक हुन् । उनका अनुसार निद्राको समयमा शरीरबाट धेरै महत्वपूर्ण संकेतहरू प्राप्त हुन्छन् । करिब ८ घण्टासम्म शरीर स्थिर अवस्थामा रहने भएकाले अत्यन्तै समृद्ध र उपयोगी डाटा संकलन गर्न सकिन्छ ।

स्लीप एफएम एआईले पोलिसोम्नोग्राफी डाटाको प्रयोग गर्छ, जसलाई निद्रा परीक्षणको ‘गोल्ड स्ट्यान्डर्ड’ मानिन्छ । यसमा मस्तिष्कको गतिविधि (इइजी), मुटुको धड्कन (इसिजी), मांसपेशीको हलचल, सास फेर्ने ढाँचा र नाडी तथा अक्सिजनको स्तरजस्ता सूचकहरू समावेश हुन्छन् ।

शोधअनुसार गर्भावस्थासँग सम्बन्धित जटिलता, मुटु तथा रक्तसञ्चारसम्बन्धी रोग, मानसिक स्वास्थ्यसम्बन्धी समस्या, पार्किन्सनजस्ता न्युरोलोजिकल रोग, स्ट्रोक र हार्ट फेलियर तथा क्यान्सरजस्ता रोगहरूको जोखिम पहिचानमा स्लीप एफएम एआई प्रभावकारी देखिएको छ ।

शोधकर्ताहरूका अनुसार यसले केवल एक रातको निद्राको डेटाकै आधारमा भविष्यमा हुनसक्ने हृदयाघात, डिमेन्सिया तथा मिर्गौला रोग लगायतका विभिन्न घातक रोगहरूको जोखिम आँकलन गर्न सहयोग पुर्‍याउन सक्छ ।

स्लीप एफएम जस्ता एआई मोडेलहरूले भविष्यमा स्वास्थ्य परीक्षणको स्वरूप नै बदल्न सक्ने विशेषज्ञहरू बताउँछन् । महँगो र जटिल परीक्षणभन्दा अगाडि साधारण निद्रा परीक्षणमार्फत रोगको प्रारम्भिक संकेत पत्ता लगाउन सकिने सम्भावना यसले देखाएको दावी गरिएको छ ।

त्यसैले निद्रा अब केवल आरामको माध्यम मात्र होइन भविष्यको स्वास्थ्यका बारेमा थाहा पाउने आँखीझ्याल बन्दै गएको वैज्ञानिकहरूको निष्कर्ष छ।

एजेन्सी

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More