― Advertisement ―

LG C5 हाम्रो शीर्ष-मूल्याङ्कन गरिएको टिभी हो र Amazon को सबैभन्दा धेरै बिक्रि हुने OLED डिस्प्ले हो — 42-इन्च मोडेल मात्र $999 मा पाउनुहोस्

यदि तपाईंले Amazon मा सबैभन्दा बढी बिक्रि हुने OLED टिभी, तपाईले <a-link" डेटा-लाइनमा फेला पार्नुहुनेछ। href="https://www.techradar.com/tag/lg" data-auto-tag-linker="true" data-url="https://www.techradar.com/tag/lg" data-hl-processed="none" data-mrf-recirculation="inline-link" data-before-rewrite-localise="https://s.dar.g. 42-इन्च C5 OLED...
HomeLatest newsविश्वकप लिग टु मा नेपालले आज अमेरिकासँग खेल्दै – KhabarHost

विश्वकप लिग टु मा नेपालले आज अमेरिकासँग खेल्दै – KhabarHost


News Summary

Generated by OK AI. Editorially reviewed.

  • आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत नेपाल, युएई र अमेरिकाबीचको सिरिज युएईमा आजदेखि सुरु हुँदैछ ।
  • नेपालले पहिलो खेलमा अमेरिकासँग नेपाली समय अनुसार बिहान सवा ११ बजे दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा खेल्दैछ ।
  • नेपालले टी२० विश्वकप छनोट खेलेका १२ खेलाडीलाई निरन्तरता दिँदै अनिल शाह, भिम शार्की र शाहब आलमलाई टिममा समावेश गरेको छ ।

९ कात्तिक, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत नेपाल, युएई र अमेरिका सम्मिलित सिरिज आज देखि युएईमा सुरु हुँदैछ ।

जहाँ नेपालले पहिलो खेलमा अमेरिकासँग खेल्दैछ । नेपाल र अमेरिकाबीचको खेल नेपाली समय अनुसार बिहान सवा ११ बजे दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा सुरु हुनेछ ।

मुख्य प्रशिक्षक स्टुअर्ट ल को आगमनपछि जुनमा स्कटल्याण्डमा भएको लिग टु मा चार मध्ये तीन खेल जितेर सानदार प्रदर्शन गरेको नेपालले चार महिनापछि लिग टु अर्थात ५० ओभरको खेल खेल्दैछ । यसबीचमा नेपालले टी२० विश्वकपमा स्थान पनि बनाइसकेको छ ।

ओमानमा भएको आईसीसी टी२० विश्वकप एसिया-इएपी छनोटको उपाधि जितेर २०२६ मा भारत र श्रीलंकामा हुने टी२० विश्वकपमा छनोट भएर नेपाल सिधै युएई गएको थियो । त्यसअघि नेपालले युएईकै सारजहामा टेष्ट राष्ट्र वेष्ट इन्डिज विरुद्ध ऐतिहासिक टी२० सिरिज खेल्दै जित हात पारेको थियो । नेपालले पहिलो पटक टेष्ट राष्ट्र विरुद्ध सिरिज जितेर इतिहास रचेको थियो ।

टी२० क्रिकेटमा लगातार खेल अनी विश्वकपका छनोट भएको नेपालले अब ५० ओभरको खेलमा स्विच हुँदैछ । टी२० कै लयलाई एकदिसवीसय क्रिकेटमा पनि कायम राख्ने नेपालको लक्ष्य छ ।

रोहित पौडेलको कप्तानीमा रहेको नेपाली टोलीमा टी२० विश्वकप छनोट खेलेका १२ खेलाडीले निरन्तरता पाएका छन् । टी२० विश्वकप छनवट खेलेका सन्दिप जोरा, लोकेश बम र आदिल आलमको स्थानमा अनिल शाह, भिम शार्की र शाहब आलमले टिममा स्थान बनाएका छन् ।

अमेरिका नेपालका लागि पुरानै प्रतिद्वन्दी हो । तर लिग टु मा भने यी दुई टोली ठिक एक वर्षपछि खेल्न लागेका हुन् । गत वर्ष नेपाल, स्कटल्याण्ड र अमेरिका सम्मिलित लिग टु को सिरिज अमेरिकामा भएको थियो । जहाँ अमेरिकासँगको दुवै खेलमा नेपाल पराजित भएको थियो ।

एक वर्षपछि नेपाली क्रिकेट धेरै फेरिएको छ । त्यो बेला अमेरिकाको प्रशिक्षक रहेका स्टुअर्ट ल हाल नेपालको मुख्य प्रशिक्षक छन् । यस्तै त्यसबेला नेपालको कोचिङ स्टाफमा रहेर सहयोग गरेका पुबुदु दासानायके हाल अमेरिकाको प्रशिक्षक छन् ।

नेपाल र अमेरिकाबीच हालसम्म ९ पटक ओडिआई खेल भएको छ । जसमा मिश्रित नतिजा आएको छ । दुवैले समान ४ खेल जित्दा एक खेल टाई भएको थियो ।

यी दुई टोलीबीचको ओडिआईको पछिल्लो पाँच खेलमा भने अमेरिका हावी छ । पछिल्लँ पाच मध्ये तीन खेल अमेरिकाले जित्दा नेपालले एक खेल मात्र जितेको छ । एक खेल टाई भएको छ ।

८ टोली सहभागि लिग टु को अंकतालिकामा अमेरिका दोस्रो स्थानमा छ भने नेपाल सातौं स्थानमा छ । २० खेल खेलेको अमेरिका २८ अंकसहित दोस्रोमा छ । २४ खेल खेलिसकेको नेदरल्याण्ड्स २८ अंक नै भएपनि नेटरनरेटका आधारमा तेस्रोमा छ ।

यस्तै नेपाल १६ खेलबाट १२ अंकसहित सातौं स्थानमा छ भने नेपाल समान खेल खेलेको युएई ६ अंकसहित पूछारमा छ । स्कटल्याण्ड २४ खेलबाट ३० अंक जोडेर शीर्ष स्थानमा छ ।

 

 

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More