― Advertisement ―

प्राइम भिडियोमा द ब्वाइज सिजन ५ एपिसोड ३ को रिलिज मिति के हो?

को अर्को राउन्डको लागि तयार छ The Boys? म अनुमान गर्छु कि तपाईं हुनुहुन्छ, अन्यथा तपाईं सिजन 5 एपिसोड 3 कहिले रिलिज हुनेछ भनेर...
HomeLatest newsविशेष महाधिवेशनबारे छलफल गर्न शेखरलाई भेट्दै गगन-विश्व

विशेष महाधिवेशनबारे छलफल गर्न शेखरलाई भेट्दै गगन-विश्व



२ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीहरू गगनकुमार थापा र विश्वप्रकाश शर्मा तथा नेता डा. शेखर कोइरालाबीच भेटवार्ता हुने भएको छ ।

नेता कोइरालाको केन्द्रीय कार्यसमितिले निर्णय गरेर विशेष महाधिवेशनमा जानुपर्ने धारणा सार्वजनिक भएपछि महामन्त्रीहरू थापा र शर्माले उनीसँग भेट गर्न लागेका हुन् ।

नेता कोइराला विशेष महाधिवेशन गरिए पार्टी विभाजन हुने आशंका गर्दै आएका थिए ।

तर, उनले मंगलबार आफूनिकट केही युवा नेताहरूसँगको छलफलमा पुसन भित्र नियमित महाधिवेशन गर्न नसकिए केन्द्रीय कार्यसमितिले निर्णय गरेर विशेष महाधिवेशनमा जानुपर्ने धारणा राखेका थिए ।

‘मंसिरको सट्टा पुस अन्तसम्म अधिवेशन हुनुपर्‍यो । हुन सकेन भने के गर्ने ?,’ कोइरालाले युवा नेताहरूसँग भनेका थिए, ‘सेन्ट्रल कमिटीले निर्णय गर्ने, बहुमतको आधारमा होइन । सेन्ट्रल कमिटीको सबै बडीले निर्णय गर्ने, विशेष अधिवेशनमा हामी जाने ।’

नियमित महाधिवेशनका लागि संस्थापन पक्ष सहमत नभएपछि विशेष महाधिवेशन निर्विकल्प रहेको घोषणा गरेका महामन्त्रीहरूले आफ्नो एजेन्डामा कुरा मिल्ने सबै पक्षसँग संवाद सुरू गरेका छन् ।

महामन्त्री थापाले केन्द्रीय कार्यसमिति बैठकमा २७ मंसिरमा विशेष महाधिवेशनको प्रस्ताव गरिसकेका छन् । सोही क्रममा मंगलबार नेता कोइरालासँग भेटवार्ता हुन लागेको बताइएको छ । तर, महामन्त्री र कोइराला पक्षबाट भेटवार्ताको समय र स्थान भने खुलाइएको छैन ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More