― Advertisement ―

‘जब मैले पहिलो पटक यो शब्द लिएको थिएँ, यो पहिले कसैले सुनेको थिएन’ – सफ्टवेयर इन्जिनियरिङको जन्ममा नासाका पूर्व सफ्टवेयर निर्देशक मार्गरेट ह्यामिल्टनको दिनको...

कम्प्युटिङ उद्योग एक पटक हामीले आज देखेको भन्दा अपरिचित थियो, लेखन कोडको वरिपरि केन्द्रित अनुशासनको विचारलाई केहि प्रकारको काल्पनिक रूपमा मानिन्छ। सन् १९६० को...
HomeLatest newsविशेष महाधिवेशनको पक्षमा खुले २ हजार ६६२ प्रतिनिधि, कुन प्रदेशबाट कति ?

विशेष महाधिवेशनको पक्षमा खुले २ हजार ६६२ प्रतिनिधि, कुन प्रदेशबाट कति ?



२७ पुस, काठमाडौं । नेपाली कांग्रेस विशेष महाधिवेशनको पक्षमा खुल्ने प्रतिनिधिहरूको संख्या २ हजार ६ सय ६२ जना पुगेका छन् ।

विशेष महाधिवेशनको सचिवालयले साँझ ८ बजेसम्म उपलब्ध गराएको तथ्यांक अनुसार, २ हजार ६ सय ६२ जना प्रतिनिधिले हस्ताक्षर गरिसकेका छन् ।

जस अनुसार, कोशीबाट ४२५, मधेशबाट ४४६, बागमतीबाट ४३२, गण्डकीबाट २९६, लुम्बिनीबाट ३९८, कर्णालीबाट १३४, सुदूरपश्चिमबाट १५८, उपत्यका १७८ र भ्रातृ, शभेच्छुक र जनसम्पर्क गरेर १९५ जना प्रतिनिधि विशेष महाधिवेशनको पक्षमा देखिएका हुन् ।

विशेष महाधिवेशनको उद्घाटन सत्र आइतबार काठमाडौंमा सम्पन्न भइसकेको छ । भोलि बिहान १० बजेबाट बन्दसत्र सुरु हुने जानकारी गराइएको छ ।

आइतबार बिहान ८ बजेदेखि नै प्रतिनिधिहरूले नाम दर्ता गराइरहेका छन् । नाम दर्ताको शुल्क एक हजार तोकिएको छ ।

महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेर पार्टी विधानको धारा १७ (२) बमोजिम विशेषको माग गरेका थिए ।

कांग्रेसमा देशभरबाट ४ हजार ७ सय ४३ जना प्रतिनिधि रहेका छन् ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More