― Advertisement ―

‘म पक्का छु कि वास्तवमा हामीले वास्तवमा पाँच दिन काम गर्नुपर्दैन’ जुमका सीईओले परम्परागत कार्य तालिकाको अन्त्यको लागि आह्वान गरे – भन्छन् कि 3-दिनको...

"म एरिक युआन पाँच दिन काम गर्छु घोषणा गर्दछहामीले पाँच वर्ष भित्र तीन-दिनको काम गर्ने हप्तालाई सामान्य बन्न देख्न सक्छौंजुमको हाइब्रिड कार्य नीतिहरू पनि...
HomeLatest newsविशेष प्रशिक्षणमा रहेका खेलाडीलाई ३ विषयको कक्षा – KhabarHost

विशेष प्रशिक्षणमा रहेका खेलाडीलाई ३ विषयको कक्षा – KhabarHost


राष्ट्रिय

समाचार.

  • राष्ट्रिय खेलकुद परिषद्ले मिसन–२०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीका लागि एन्टी डोपिङ, स्पोर्ट्स इन्जुरी एन्ड प्रिभेन्सी र खेल पोषण विषयमा कक्षा सञ्चालन गरेको छ।
  • सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा १ सय २० खेलाडी र २० प्रशिक्षकका लागि विशेष प्रशिक्षण कार्यक्रम भएको थियो।
  • राखेपले जापानको आइची–नागोयामा हुने २० औं एसियाली खेलकुदमा स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्य राखेको छ।

६ पुस, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सञ्चालन गरिरहेको मिसन–२०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणमा रहेका खेलाडी तथा प्रशिक्षकका लागि आइतबार ३ विषयको कक्षा सञ्चालन गरिएको छ ।

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा रहेको ओडिटोरियम हलमा भएको कार्यक्रममा सहभागीलाई एन्टी डोपिङ, स्पोर्ट्स इन्जुरी एन्ड प्रिभेन्सी र खेल पोषण सम्बन्धी जानकारी दिइएको थियो ।

डा. ज्ञानेन्द्रविक्रम शाहले एन्टी डोपिङ, डा. भद्र हमालले स्पोर्ट्स इन्जुरी एन्ड प्रिभेन्सी र सृष्टि श्रेष्ठले खेल पोषण सम्बन्धी कक्षा सञ्चालन गरेका थिए ।

जापानको आइची–नागोयामा हुने आसन्न २० औं एसियाली खेलकुदमा स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्यसाथ राखेपले पारा तेक्वान्दोसहित विभिन्न ११ खेलको विशेष प्रशिक्षण सञ्चालन गरिरहेको छ ।

प्रशिक्षणमा १ सय २० खेलाडी तथा २० प्रशिक्षक समावेश रहेको राष्ट्रिय टिम तयारीका उपनिर्देशक दीपक श्रेष्ठले जनाएका छन् ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More