राष्ट्रिय
समाचार.
- फिल्म निर्मात्री तथा अभिनेत्री पूजा शर्माले २० मंसिरमा युद्ध बानियाँसँग भक्तपुरमा विवाह गर्ने तय भएको छ।
- पूजाले सामाजिक सञ्जालमा विवाहका लागि ‘सँधैको लागि तयार’ रहेको भिडियो सेयर गरेकी छिन्।
- पूजाको फिल्म करिअर १३ वर्ष पुरानो छ र उनले १७ फिल्ममा काम गरिसकेकी छिन्।
काठमाडौं । फिल्म निर्मात्री तथा अभिनेत्री पूजा शर्मा विवाह बन्धनमा बाँधिने पक्का भएको छ । केही दिनदेखि उनको विवाहको चर्चा चलिरहेको थियो ।
उनले निकट फिल्मकर्मी र संचारकर्मीलाई पनि विवाहको निम्तो बाँडिरहेकी छिन् । उनको विवाह युद्ध बानियाँसँग हुने बताइएको छ, जो पेशाले रेस्टुरेन्ट व्यवसायी हुन् ।
यी दुईजना लामो समयदेखि प्रेम सम्बन्धमा रहेको मिडिया विवरणहरूमा जनाइएको छ ।
आकर्षक डिजाइनको निम्तो पत्रमा लेखिएको छ, ‘तपाईंलाई युद्ध र पूजाको विवाह समारोहमा हार्दिक स्वागत छ ।’ पत्रमा दुवैजनाको फोटो पनि राखिएको छ ।
निम्तो पत्रअनुसार यी दुईजनाको विवाह २० मंसिरको शनिबार भक्तपुरको एक रिसोर्टमा हुने उल्लेख छ । पूजाले मंगलबार सामाजिक सञ्जालमा एक भिडियो सेयर गर्दै ‘सँधैको लागि तयार’ रहेको क्याप्सन लेखेकी थिइन् ।
पूजाको फिल्म करिअरले आउँदो साता ठीक १३ वर्ष टेक्दैछ । उनको डेब्यू फिल्म ‘थ्री लभर्स’ ७ डिसेम्बर, २०१२ मा रिलिज भएको थियो । ‘रावायण’ सम्म आइपुग्दा उनले १७ फिल्ममा काम गरेकी छन् ।
(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;
js = d.createElement(s);
js.id = id;
js.src = "https://connect.facebook.net/en_US/sdk.js";
fjs.parentNode.insertBefore(js, fjs);
(document, 'script', 'facebook-jssdk'));
Read More

