― Advertisement ―

एप्पलले अन्ततः म्याक मिनी प्रयोगकर्ताहरूलाई आज जटिल ह्याक वा समाधान बिना बाह्य GPU हरू प्रयोग गरेर पूर्ण एआई पावर खोल्न दिन्छ।

TinyGal मा प्रत्यक्ष रूपमा चलाउन मिल्ने GPUs मोडेल Macsप्रयोगकर्ताहरूले अब सुरक्षाहरू बाइपास नगरी AMD र Nvidia कार्डहरू प्रयोग गर्न सक्छन्TinyGPU ले MacOS 12.1 र...
HomeLatest newsविवाद थाती राखेरै कार्यतालिका ल्याउन अघि बढे देउवा

विवाद थाती राखेरै कार्यतालिका ल्याउन अघि बढे देउवा


राष्ट्रिय

समाचार.

  • नेपाली कांग्रेसको १५औं महाधिवेशन पुसको अन्तिम साता पुस २७ गतेबाट सुरु गर्ने कार्यतालिका ल्याउने तयारी छ।
  • संस्थापन पक्षले विशेष महाधिवेशनको माग अवधि सकिन लाग्दा नियमित महाधिवेशन सुरु गर्ने प्रस्ताव केन्द्रीय समितिमा पेश गर्नेछ।
  • पार्टीमा महाधिवेशनको मिति र प्रक्रिया लिएर तीन धार देखिएका छन्, जसमा पुसभित्र महाधिवेशन गर्ने, कार्यान्वयन नहुने कार्यतालिका अस्विकार गर्ने र चुनावपछि गर्ने पक्ष छन्।

१४ मंसिर,काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशन पुसको अन्तिम साता गर्ने गरी कार्यतालिका ल्याउने संस्थापन पक्षले तयारी गरेको छ ।

पुसको २७ गतेबाट नियमित महाधिवेशन सुरु हुने गरी सोमबारको केन्द्रीय समितिको बैठकमा प्रस्ताव आउने संस्थापन पक्षले जनाएको छ । विशेष महाधिवेशन माग भएको अवधिभत्रै (९० दिन) नियमित महाधिवेशन हुने गरी प्रस्ताव अघि सार्न लागिएको छ ।

चुनावअघि नियमित महाधिवेशनको कार्यतालिकाको पक्षमा रहेका सभापति शेरबहादुर देउवा निकट नेता रमेश लेखकले पुसको अन्तिम सातादेखि १५ औं महाधिवेशनको मिति सहितको प्रस्ताव केन्द्रीय समितिमा सोमबार पेश हुने जानकारी गराए ।

‘मैले त डेढ महिना अघिदेखि यही कुरा भन्दै आएको थिएँ । यो कुरा मैले भन्दा समूहमा करिब-करिब एक्लै थिएँ । अहिले त्यहि कुरा सभापतिजीले भन्दिनुभयो । अब सहमतिमा जान्छ’ उनले भने । नेता लेखकका अनुसार पुस २७ गतेबाट केन्द्रीय महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याउन लागिएको छ ।

महाधिवेशन प्रक्रिया सुरु गर्नका लागि क्रियाशील सदस्यता छानबिन समिति, विधान मस्यौदा समिति, निर्वाचन समिति गठन गर्नुपर्ने हुन्छ । ती समिति गठन र क्रियाशील सदस्यताको टुंगो लागेपछि अधिवेशनको प्रक्रिया सुरु हुन्छ । ‘तीनवटै समितिले आफ्नो काम सम्पादन गरेपछि वडा अधिवेशन प्रारम्भ हुन्छ ।

काम गर्दा गर्दै सकिएन भने जति सकिन्छ, त्यति गरिन्छ अरु पछि छलफल गरेर सर्वसम्मतले नै टुंग्याइन्छ,’ लेखकले अनलाइनखबरसँग भने ।

चुनावअघि नियमित महाधिवेशनको कार्यतालिकाको पक्षमा रहेका सभापति शेरबहादुर देउवा निकट नेताहरुका अनुसार पुसको मध्यतिरबाट वडा अधिवेशन गर्ने गरी तालिका आउने छ ।

कार्यतालिका कार्यान्वयन गर्दा गर्दै नसकिने अवस्था भयो भने पुनः सल्लाह गरेर संशोधन गर्ने पक्षमा संस्थापन पक्ष देखिएको छ । कार्यान्वयन गर्न सकिएन भन्ने बहाना बनाएर टार्न लागिए पार्टी विशेष महाधिवेशनमा जाने उक्त पक्षका नेताहरुको भनाई छ ।

सभापति शेरबहादुर देउवा नियमित महाधिवेशनको पक्षमा देखिएर अघि सर्दा समेत कार्यतालिका कार्यान्वयन हुने काममा अवरोध गरे पार्टी विशेष महाधिवेशनमा जाने महामन्त्री विश्वप्रकाश शर्मा बताउँछन्।

‘इमान्दारितापूर्वक कार्यतालिका कार्यान्वयन गर्न असर पुर्‍याउन साथीहरु लागेर नियमित महाधिवेशन गर्न असर पुर्‍याउनुभयो भने पार्टी विधानको माग अनुसार विशेष महाधिवेशनमा जान्छ,’ शर्माले भने, ‘कार्यान्वयन गर्ने कुरामा कमजोरी गर्न हुँदैन। कमजोरी गरियो भने विशेष महाधिवेशनको फाइल स्वतः खुल्छ ।’

२९ असोजमा २४८८ महाधिवेशन प्रतिनिधिको हस्ताक्षर सहित कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई विशेष महाधिवेशन पक्षधरले लिखित प्रस्ताव गरेका थिए । विधानको व्यवस्था अनुसार तीन महिनाभित्रमा विशेष महाधिवेशन आव्हान गर्नुपर्दछ ।

संस्थापन पक्षले विशेष महाधिवेशनको माग भएको अवधि २८ पुसमा सकिन्छ । संस्थापन पक्षले विशेष महाधिवेशन माग कर्ताको अवधि सकिनै लाग्दा १५ औं महाधिवेशन सुरु गर्ने गरी कार्यतालिका ल्याउन लागेको हो ।

कार्यान्वयन गर्ने कुरामा कमजोरी गर्न हुँदैन। कमजोरी गरियो भने विशेष महाधिवेशनको फाइल स्वतः खुल्छ ।

नियमित महाधिवेशनको प्रक्रिया सुरु भएसँगै विशेष महाधिवेशन मागको औचित्यता सकिने संस्थापन पक्षको दाबी छ । नेताले लेखक भन्छन्,‘नियमित महाधिवेशनको प्रक्रिया अगाडि बढेपछि त विशेष महाधिवेशनको सान्दर्भिकता रहँदैन ।’

पुसभित्र नियमित महाधिवेशन नगर्ने नियतसहित विशेष महाधिवेशनको प्रस्तावकर्ताहरुलाई आलटाल गर्ने गरी कार्यतालिका आए स्विकार्न नसकिने प्रस्तावकर्ताको अडान छ ।

चुनावअघि नियमित महाधिवेशन नभए विशेष हुनुपर्ने अडानमा रहेका महामन्त्री विश्वप्रकाश शर्माले विधान अनुसार भएको माग कार्यान्वयन गर्नु बाध्यकारी रहेको बताए ।

‘नियमित महाधिवेशन निर्णय गर्ने तर प्रक्रियामा गएन भने विशेष महाधिवेशन बाध्यकारी छ । वडा अधिवेशन सम्पन्न गरियो अरु तहमा गर्दा गर्दै सकिएन भन्न मिल्दैन । वडा अधिवेशन सकिनासाथ महाधिवशेन सकियो भन्ने त होइन नि,’ महामन्त्री शर्माले भने ।

२८ असोजबाट सुरु भएको केन्द्रीय समिति महाधिवेशन कहिले गर्ने विवादले हालसम्म निर्णयमा पुग्न सकेको छैन । ६ असोजबाट स्थगित केन्द्रीय समितिको पछिल्लो बैठक १५ मंसिरका लागि बोलाइएको छ ।

महाधिवेशनका एजेण्डामा सहमति जुट्न नसकेपछि उपचारबाट फर्केका सभापति देउवा आफैं सक्रिय हुन थालेका थिए । गत बिहीबारदेखि देउवाले उच्च तहका नेताहरु आफ्नो निवास महाराजगञ्जमा बोलाएर सहमतिका लागि छलफल गरिरहेका थिए/छन् ।

कार्यवाहक सभापति खड्का महामन्त्री गगन थापा र शर्मा, संस्थापनइतरका नेता डा.शेखर कोइराला नेताहरु विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, रमेश लेखक लगायतसँग छलफल गरे ।

राष्ट्रिय सभागृहमा कांग्रेस विशेष महाधिवेशन पक्षधरको भेला (तस्वीरहरू) – KhabarHost

शनिबारको छलफलमा सभापति देउवाले कार्यवाहक सभापति खड्कालाई नियमित कार्यतालिकाको प्रस्ताव ल्याउन निर्देशन दिएका थिए । महाधिवेशनको कार्यतालिका ल्याउने एजेण्डाले संस्थापन पक्षमा एकमत भने देखिएको छैन । नेता निधि र सिटौला चुनावअघि नियमित वा विशेष कुनै पनि महाधिवेशन गर्न नहुने अडानमा छन् ।

चुनावको तयारी, राष्ट्रिय सभाको निर्वाचन, बन्दसूचीको कार्य लगायतमा पार्टी लाग्नुपर्ने हुँदा महाधिवेशनमा ध्यान केन्द्रित गर्न नहुने उनीहरुको अडान छ ।

सभापति देउवा स्वयं चुनावअघि महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याउन तयार भएपछि असन्तुष्टि निधि र सिटौलाले संस्थापन पक्षका केन्द्रीय सदस्यहरुको बैठक आइतबार डाके । मध्यबानेश्वरमा भएको बैठकमा ८६ जना उपस्थित भएको बैठकमा सहभागी केन्द्रीय सदस्य गुरु बरालले जानकारी गराए ।

बरालले भने,‘चुनावपछि महाधिवेशन गर्ने कार्यतालिकाको पक्षमा उभिने निर्णय भएको छ । सहमहामन्त्री महेन्द्र यादवले केन्द्रीय समितिमा राखेको प्रस्ताव अनुसारको कार्यतालिकालाई बहुमतले पारित गर्ने निर्णय लिएका छौं ।’

संस्थापन पक्षका सहमहामन्त्री यादवले महामन्त्री थापाले पुस १६ देखि १९ सम्म नियमित महाधिवेशन गर्ने कार्यतालिका ल्याउँदा त्यसलाई काउन्टर हुने गरी चुनावपछिको कार्यतालिका केन्द्रीय समितिमा राखेका थिए ।

यादवले प्रस्तुत गरेको कार्यतालिकामा वैशाख २७ देखि १५ औं महाधिवेशन गर्ने उल्लेख थियो । सभापतिसँग सल्लाह गरेर पुसको कार्यतालिका ल्याउन लागिएपछि कार्यवाहक सभापति खड्कासँग संस्थापन पक्षकै नेताहरु रुष्ट बनेका छन् ।

चुनावअघि नियमित महाधिवेशन गर्न नहुने पक्षमा रहेका नेताहरुको बैठकको निर्णय सुनाउँदै केन्द्रीय सदस्य बरालले भने,‘कार्यवाहक सभापतिले सहमहामन्त्रीले राखेको प्रस्ताव पक्षवालासँग परामर्श नगरी कार्यतालिका ल्याउन लागिएकाले विपक्षमा उभिने निर्णय गरियो ।’

विशेष महाधिवेशनबारे कांग्रेस विधानमा के छ व्यवस्था ? – KhabarHost

बैठकमा सहभागी अर्का एक केन्द्रीय सदस्यका अनुसार सभापति नियमित महाधिवेशनको पक्षमा रहेको हुँदा कार्यतालिका स्विकारेर अघि बढ्नुपर्ने विचार पनि बैठकमा विचार राखिएको थियो ।

महाधिवेशनको विषयलाई लिएर पार्टीमा स्पष्ट तीन धार देखिएको छ । पुसभित्र महाधिवेशन गर्ने कार्यतालिका सहित प्रस्ताव ल्याउने पक्षमा सभपति देउवा, कार्यवाहक सभापति खड्का, नेता लेखक लगायतका देखिएका छन् ।

अर्को धारको नेतृत्वमा दुई महामन्त्री थापा र शर्माले गरेका छन् । कार्यान्वयन नहुने कार्यतालिका ल्याइए त्यसलाई स्विकार नगरिने महामन्त्री विशेष महाधिवेशन पक्षधरको अडान छ ।

‘चुनावअघि महाधिवशेन गरेर जनतालाई भन्न सकिने कुराहरु लिएर जाऔं भन्ने हो । पुर्नगठित भएको कांग्रेस लिएर चुनावमा जानुपर्दछ,’ महामन्त्री थापा भन्छन्,‘कार्यान्वयन नहुने कार्यतालिका हामीलाई चाहिएको होइन । हामीलाई महाधिवेशन चाहिएको हो । नियमित महाधिवेशन नभए विशेष महाधिवेशन निर्विकल्प हो ।’

तेस्रो पक्षको नेतृत्व पूर्व पदाधिकारी निधि र सिटौलाले गरेका छन् । उक्त पक्षमा देखिएका नेताहरु चुनावअघि महाधिवेशन गर्नै नहुने दृष्टिकोण राखेका छन् ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More