― Advertisement ―

‘एआई ट्राफिकले इन्टरनेट चलाउने तरिकामा मौलिक रूपमा परिवर्तन गरिरहेको छ’: नयाँ रिपोर्टले बट ट्राफिक मानव प्रयोगकर्ताहरू भन्दा ६.५ गुणा छिटो बढिरहेको दाबी गरेको छ...

मानव ट्राफिक माथि छ, तर Faly6st ट्राफिक बढेको छ। दावीहरूअपरिचित AI अनुरोधहरूले होस्टिंग पूर्वाधारमा तनाव सिर्जना गर्दैछव्यवसायहरूले वेबसाइट व्यवस्थापन र सामग्री पत्ता लगाउने क्षमतामा...
HomeLatest newsविधान महाधिवेशनको निर्णय किन उल्ट्याएको ? – KhabarHost

विधान महाधिवेशनको निर्णय किन उल्ट्याएको ? – KhabarHost



११औँ महाधिवेशनको बन्द सत्रमा रहेको नेकपा एमालेभित्र आइतबार बसेको केन्द्रीय समितिले विधान महाधिवेशनको निर्णय उल्ट्याएको भन्दै आलोचना सुरु भएको छ । अध्यक्षका प्रत्यासी ईश्वर पोखरेल समूहले संस्थापनले बहुमतको आधारमा निर्णय गरेको भन्दै असन्तुष्टि व्यक्ति गरेको छ ।

विधान महाधिवेशनका निर्णय उल्ट्याउन केन्द्रीय समिति बैठकमा प्रस्ताव पेश गर्ने एमाले पोलिटब्युरो सदस्य विशाल भट्टराईसँग यसको उद्देश्य र सम्भावित नतिजाका विषयमा अनलाइनखबरले गरेको संक्षिप्त कुराकानीः

विधान महाधिवेशनले गरेको निर्णय नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकले उल्टिएको देखियो । केन्द्रीय कमिटीले किन विधान महाधिवेशनको निर्णय संशोधन गर्नुपर्‍यो ?

एमालेले १०औं राष्ट्रिय महाधिवेशनपछि विधान महाधिवेशन अलग्गै र त्यसपछि राष्ट्रिय महाधिवेशन अलग्गै गर्ने निर्णय गरेको थियो। एकैपटक राष्ट्रिय महाधिवेशन गर्दा नीति र विधिभन्दा नेतृत्व चयनमै बढी ध्यान जाने, नीतिहरू सधैं नेपथ्यको विषय बन्ने वा छायामा पर्ने देखिएकाले हामीले नीति र विधिका लागि छुट्टै महाधिवेशन गर्ने अभ्यास सुरु गर्‍यौँ, जसलाई विधान महाधिवेशन भनियो । त्यसपछि राष्ट्रिय महाधिवेशन गरेर नेतृत्व छान्ने व्यवस्था गरियो । यसरी दुई प्रकारका महाधिवेशनको अभ्यास सुरु भएको हो ।

दशौँ राष्ट्रिय महाधिवेशनका बेला पनि पहिलो विधान महाधिवेशनबाट पारित विधानलाई सौराहामा उद्घाटनकै दिन साँझ केही बुँदामा संशोधन गरिएको थियो । त्यतिबेलासमेत ‘यति छिट्टै विधान महाधिवेशनको निर्णय किन उल्ट्याइयो ?’ भन्ने प्रश्न उठेको थियो । तर वास्तवमा त्यो उल्ट्याइएको होइन ।

विधान महाधिवेशनभन्दा राष्ट्रिय महाधिवेशन प्रतिनिधित्वका हिसाबले अझ ठूलो र सघन हुन्छ । करिब ६ लाख ६७ हजार ६३६ पार्टी सदस्यको प्रतिनिधित्व गर्दै छानिएर आएका २ हजार २६२ प्रतिनिधि विधान महाधिवेशनका प्रतिनिधिभन्दा अझ उन्नत र व्यापक प्रतिनिधि हुन् । त्यसैले उनीहरूको प्रतिनिधित्वलाई समेत ख्याल गर्दै विधान महाधिवेशनका केही सीमित बुँदामा मात्रै संशोधन गरिएको हो ।

सारभूत रूपमा विधान त्यही नै हो । सानो कुरामात्रै संशोधन गरिएको हो । सानो भन्नुको कारण संगठनको संरचना र संख्या मात्रै बदल्न खोजिएको हो । २५१ सदस्यीय केन्द्रीय कमिटीलाई ३०१ बनाउने प्रस्ताव गरिएको हो ।

सानै भए पनि संगतिको कुरा होला नि ? २ महिना अघि मात्रै भएको विधान महाधिवेशनको निर्णय उल्ट्याउँदा यसबाट जाने सन्देश त राम्रो नहोला नि ?

मंसिरको अन्तिम साता विधानबारे पुनर्विचार गर्दा करिब तीन महिनाभन्दा अलि बढी समय बितिसकेको छ । विधान महाधिवेशन गरिरहँदा देशमा भदौ २३ र २४ को घटना भइसकेका थिएनन् । त्यतिबेला पार्टीलाई अझ युवामैत्री बनाउने र नयाँ पुस्तालाई समेट्ने सोच त थियो, तर पर्याप्त ध्यान थिएन ।

त्यो आन्दोलनले हामीलाई झक्झक्यायो । २५१ सदस्यीय संरचनाले ठूलो संख्यामा रहेको युवा पुस्ता र नयाँ नेतृत्वलाई समेट्न सकिँदैन कि भन्ने महसुस भयो । कम्तीमा ५० देखि १०० सिट नयाँ पुस्ताका लागि खाली गर्न सके एक तिहाइ नयाँ अनुहार ल्याउन सकिन्छ, जसले पार्टीमा नयाँ रक्तसञ्चार हुन्छ भन्ने निष्कर्षमा पुग्यौं ।

चौतर्फी आक्रमणको निसानाबाट बच्न अलग-अलग टिम बनाएर प्रतिस्पर्धा गर्नुको सट्टा एकताबद्ध हुनु नै सबैभन्दा ठूलो उपाय हो ।

२५१ भित्र त्यो सम्भव नभएकाले नेतृत्व संरचनामा परिवर्तनको कुरा आएको हो । अर्को महत्वपूर्ण पाटो, १९ सदस्यीय पदाधिकारी प्रस्ताव हो । अरूको मनसाय म भन्न सक्दिनँ, तर म प्रस्तावकको हैसियतले मेरो आशय के हो भने अध्यक्षका उम्मेदवार ईश्वर पोखरेललाई समेत अट्ने गरी ‘प्रथम वरीयताका उपाध्यक्ष’को व्यवस्था गर्ने हो । ‘वरिष्ठ’ भन्ने शब्द नभए पनि सार एउटै हो ।

उहाँ र उहाँको टिमलाई समेटेर १९ सदस्यीय पदाधिकारी बनाउने, टोपबहादुर रायमाझी कारागारमा रहेकाले खाली रहेको ठाउँमा नयाँ पुस्ताबाट प्रतिनिधित्व गराउने, र सबै कुरा सर्वसम्मत गरौँ भन्ने नै मेरो उद्देश्य हो ।

तपाईंको प्रस्ताव चाहिं यो परिवर्तन सर्वसम्मत नेतृत्व चयन गर्न र नयाँ पुस्तालाई पनि समेट्न हो ?

अहिले पार्टी चारैतिरबाट घेराबन्दीमा छ । एमाले बलियो शक्ति हो भन्ने सबैले स्वीकार गर्छन्, तर सबैले खुइल्याउन पनि लाग्छन । हामी यस्तो विषय परिस्थितिमा छौं । अहिले दिनैपिच्छे बालेन शाहका स्टाटसदेखि अन्य दलका नेताहरूबाट निरन्तर आक्रमण भइरहेको छ । कारण एउटै हो – एमाले बलियो छ र छोटो समयमै आफूलाई पुनर्स्थापित गर्न सफल भयो ।

यो राजनीतिक रूपमा मात्र होइन । पार्टी कार्यालयको पुनर्निर्माण हेर्नुस् । दुई-ढाई महिनामै करिब ९० प्रतिशत काम सम्पन्न भयो, जुन कतिपय ठूला भनिएका दलले अझै सुरु गर्न सकेका छैनन् । डिजिटल संरचनामा पनि एमाले तुलनात्मक रूपमा उन्नत देखिन्छ । यो अनुभूति सबैलाई भएको छ । यही कारणले प्रशंसा पनि छ, आक्रमण पनि ।

यसरी चौतर्फी आक्रमणको निसानाबाट बच्न अलग-अलग टिम बनाएर प्रतिस्पर्धा गर्नुको सट्टा एकताबद्ध हुनु नै सबैभन्दा ठूलो उपाय हो ।

तर अध्यक्षको उम्मेदवारी घोषणा गरिरहेका ईश्वर पोखरेल समूहका नेताहरूले असहमति जनाइरहनुभएको छ । असहमतिकै बीचमा बहुमतले निर्णय गरेर अगाडि बढ्दा सन्देश राम्रो गयो त ?

म तल बसेर यही हेरिरहेको थिएँ । ईश्वर कमरेडहरूले असहमति नजनाएर बाटो खुल्यो, अब हामी पनि अट्ने गरी सर्वसम्मत गरौँ भन्नुभएको भए स्थिति फरक हुन्थ्यो ।

हिजो राति १२ बजे गुण्डुमा चिसो बसिरहेको थिएँ । अध्यक्ष, उपाध्यक्ष, महासचिवलगायत पदाधिकारीसँग मैले भेट गरेर जरूरी कुरा छ भनेर कुरा राखेँ । पार्टी विषम परिस्थितिमा रहेको, चारैतिर घेराबन्दी रहेको र एकताबद्ध हुनुपर्ने कुरा राखेँ ।

एमाले कमजोर हुन दिनु हुँदैन। त्यसैले सकेसम्म सर्वसम्मत गरौं । प्रतिस्पर्धा भए पनि स्वस्थ र मर्यादित बनाऔँ । जित्नेले हार्नेलाई समेटोस्, हार्नेले पनि सहयोग गरोस् । हार्नेबित्तिकै पार्टी छोड्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ। यही मेरो चाहना हो ।

महाधिवेशन उद्घाटन सत्रमा शुभकामना दिँदा सबैले एमाले जस्ताको तस्तै भयो, प्रभावकारी पार्टी भयो भन्नुभएको छ । तर गाली र आक्रमण त्यत्तिकै छ । यस्तो बेलामा हामी एकताबद्ध बन्नुपर्छ । त्यसैले १९ सदस्यीय पदाधिकारी बनाउँदै सबैलाई समेटौं भनेर मैले त्यहाँ प्रस्ताव गरेको थिएँ ।

त्यहाँ उहाँहरूले विधे के छ भनेर छलफल गर्नुभयो । मैले दुईटा विकल्प भनेको थिएँ । एक, अध्यक्षले हलमै प्रस्ताव ल्याउने; दुई, केन्द्रीय कमिटी बैठकमार्फत हामी तलबाट उठेर यो प्रस्ताव लैजाने। केन्द्रीय कमिटी बैठकपछि छलफल भयो र अन्ततः एक किसिमको आम सहमति बन्यो, यद्यपि केही असहमति सार्वजनिक रूपमा व्यक्त भए ।

सार्वजनिक टिप्पणी भने ‘फिक्सिङ’ भयो भन्ने आएको छ । अध्यक्ष ओली अनुकूलको टिम बनाउन तलबाट उठाइयो भन्ने टिप्पणी भइरहेको छ नि ?

क-कसको मनमा के थियो म पस्न त्यति नसकौंला । तर मेरो पवित्र मनसाय १९ सदस्यीय पदाधिकारी ब्युँताउने हो । अझ मैले आवश्यक परे २१ पदाधिकारी बनाउने, केन्द्रीय कमिटी ३५१ पुर्‍याउने, पोलिटब्युरो र स्थायी कमिटीको संरचना बलियो बनाऔं भनेको हुँ । यतिबेला हाम्रा विरुद्ध ढोक्सा थापेरै बसिरहेका मानिसहरू पनि छन् । कतिपयले बोलेको पनि सुनेको छु मैले- २७ मंसिरपछि एमालेको ठूलो पंक्ति हामीसँग आउँछ भनेर ।  हाम्रा मान्छेहरू त्यस्तो त हुनुहुन्न । एमालेका मानिस यहाँ ठाउँ नपाउनासाथ कुदिहाल्दैनन् । तर पनि ढोक्सा थापेर बस्नेहरूलाई पनि निराश बनाउने उपाय हामी एकताबद्ध भएर हलबाट निस्किनु हो ।

लामो समयदेखि हामी यही भनिरहेका पनि थियौं । म अझै आग्रह गर्न चाहन्छु- नेकपा एमाले सर्वसम्मतका साथ हलबाट बाहिरिनुपर्छ। त्यसका लागि वातावरण निर्माण गरौं । दुवै पक्ष लचिलो भएर अगाडि बढौं ।

तर जस्तो प्रक्रियाबाट अगाडि बढिंदैछ र जसरी निर्णय भइरहेको छ, एउटाले अर्को पक्षलाई निषेध गरेर जाँदा अनपेक्षित नतिजा आउँछ कि भनेर पार्टी पंक्तिभित्र चिन्ता बढेको देखिन्छ नि ?

त्यस्तो विलकुलै हुनुहुँदैन भन्ने पक्षमा छु म । अलि–अलि जित–हार हुन्छ, तर अन्ततः पार्टी जित्छ, देश जित्छ । एमाले कमजोर हुनु देशका लागि पनि गम्भीर अवस्था हो, किनकि यसलाई राष्ट्रियताको पहरेदार पार्टी मानिन्छ। एमाले कमजोर हुँदा नेपालको राष्ट्रिय स्वाभिमानको लडाइँ पनि कमजोर हुन्छ ।

यसैले एमाले कमजोर हुन दिनु हुँदैन। त्यसैले सकेसम्म सर्वसम्मत गरौं । प्रतिस्पर्धा भए पनि स्वस्थ र मर्यादित बनाऔँ । जित्नेले हार्नेलाई समेटोस्, हार्नेले पनि सहयोग गरोस् । हार्नेबित्तिकै पार्टी छोड्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ। यही मेरो चाहना हो ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More