― Advertisement ―

‘मानिसहरू सिद्ध छैनन्, र सबैलाई यो थाहा छ’: सुरक्षा विशेषज्ञहरूले अझै पनि मानिसहरूलाई उनीहरूको व्यवसायको लागि सबैभन्दा ठूलो खतराको रूपमा हेर्छन्

अनलाइन उद्योगको लागि मानव सुरक्षाको सबैभन्दा ठूलो चुनौती रहन्छ। नेताहरू68% सुरक्षा पेशेवरहरूले मानव त्रुटिलाई उद्धृत गर्छन्, इमेल-आधारित घोटालाहरूको लागि मात्र 55% को तुलनामाहालैका सुरक्षा...
HomeLatest newsविक्रम धमलाको ‘दर्शन ढुङ्गा’ – KhabarHost

विक्रम धमलाको ‘दर्शन ढुङ्गा’ – KhabarHost


राष्ट्रिय

समाचार.

  • गायक विक्रम धमलाले नयाँ गीत ‘दर्शन ढुङ्गा’ सार्वजनिक गरेका छन् जसमा दैनिक जीवनको तनाव भुल्नुपर्ने भाव व्यक्त गरिएको छ।
  • गीत ‘दर्शन ढुङ्गा’ प्रदीप लम्सालले लेखेका हुन् र बाँस्तोलाको संगीत तथा श्यामश्वेत रसाइलीले एरेन्ज र मिक्सिङ गरेका छन्।
  • भिडियोमा विक्रम धमला र उमा कार्की फिचर्ड छन् भने विकास धमलाले सम्पादन र कलर संयोजन गरेका छन्।

काठमाडौं । गायक विक्रम धमलाले नयाँ गीत ‘दर्शन ढुङ्गा’ ल्याएका छन् । दैनिक जीवनमा आउने तनावलाई भुलेर अर्थपूर्ण ढंगले जिउनुपर्छ भन्ने भावको गीतलाई प्रदीप लम्सालले लेखेका हुन् । गीतमा विक्रमश्री बाँस्तोलाको संगीत छ भने श्यामश्वेत रसाइलीले एरेन्ज तथा मिक्सिङ गरेका छन् ।

रमाइलो माहोलको दृश्य उतारिएको गीतको भिडियोमा गायक विक्रम स्वयं र उमा कार्की फिचर्ड छन् । अरुण न्यौपानेले खिचेको भिडियोलाई विकास धमलाले सम्पादन तथा कलर संयोजन गरेका छन् । मेकअप आर्टिस्ट सम्झना सेन्चुरी हुन् ।

लामो समयदेखि सांगीतिक क्षेत्रमा सक्रिय विक्रमले आफ्नै शब्द तथा संगीतमा ‘मुस्कानभित्र रोदन मेरो’ गीतबाट संगीतमा पाइला चालेका थिए । त्यसपछि ‘महसुस’ र ‘आहत’ गरी दुई सोलो एल्बम निकालेका विक्रमका साँच्चै के हो माया, महसुस, मादलु लगायत गीत रुचाइएका छन् । भोजपुरदेखि, फूलको गमला, शुभ तिहार लगायत अन्य गीत पनि उनका सार्वजनिक छन् ।

सांगीतिक क्षेत्रमा सक्रिय भएपनि आफ्नो पेसागत कामले नयाँ गीत ल्याउन ढिलाइ भएको विक्रमले बताए । ‘संगीतको भोक अति नै छ, तर पारिवारिक र पेसागत कामका कारण छिटो–छिटो गीत ल्याउन सकिरहेको छैन । अब सकेसम्म गीत-संगीतमा उपस्थिति जनाइरहने प्रयासमा छु,’ विक्रमले भने, ‘पछिल्लो समय गीत तथा म्युजिक भिडियो निर्माण अनावश्यक खर्चिलो हुँदा पनि हामीजस्ता धेरै कलाकारलाई गाह्रो बनाइरहेको छ ।’





Read More