राष्ट्रिय
समाचार.
- नेपाली कांग्रेसले धादिङ क्षेत्र नम्बर २ बाट लोकदोहोरी गायिका रीता थापामगरलाई प्रतिनिधि सभा समानुपातिकतर्फ उम्मेदवार सिफारिस गरेको छ।
- रीता थापामगर राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानकी केन्द्रीय अध्यक्ष पनि हुन्।
- कांग्रेस धादिङ २ ले समानुपातिकतर्फ ८ र प्रत्यक्षतर्फ ११ जनाको नाम सिफारिस गरेको छ।
काठमाडौं । चर्चित लोकदोहोरी गायिका रीता थापामगरलाई नेपाली कांग्रेसले धादिङ क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिकतर्फ उम्मेदवार सिफारिस गरेको छ ।
उनी राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानकी वर्तमान केन्द्रीय अध्यक्ष पनि हुन् ।
कांग्रेस धादिङ २ ले थापामगरसहित ८ जनाको नाम समानुपातिकतर्फ सिफारिस गरेको छ भने प्रत्यक्षतर्फ ११ जनाको नाम पठाएको छ ।
माघ ११ मा राष्ट्रिय सभा र फागुन २१ मा प्रतिनिधिसभा निर्वाचन हुँदैछ ।

