― Advertisement ―

‘जब मैले पहिलो पटक यो शब्द लिएको थिएँ, यो पहिले कसैले सुनेको थिएन’ – सफ्टवेयर इन्जिनियरिङको जन्ममा नासाका पूर्व सफ्टवेयर निर्देशक मार्गरेट ह्यामिल्टनको दिनको...

कम्प्युटिङ उद्योग एक पटक हामीले आज देखेको भन्दा अपरिचित थियो, लेखन कोडको वरिपरि केन्द्रित अनुशासनको विचारलाई केहि प्रकारको काल्पनिक रूपमा मानिन्छ। सन् १९६० को...
HomeLatest newsललितपुर मेयर कप ब्याडमिन्टन मंगलबारदेखि – KhabarHost

ललितपुर मेयर कप ब्याडमिन्टन मंगलबारदेखि – KhabarHost


राष्ट्रिय

समाचार.

  • ललितपुर ब्याडमिन्टन संघ र बालकुमारी रिमिक्स क्लबले चौथो ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०८२ मंगलबारदेखि पाँच दिन सञ्चालन गर्नेछन्।
  • प्रतियोगिता ललितपुरस्थित बालकुमारी रिमिक्स क्लबको कभर्डहलमा हुने र ६ विधामा करिब २ सय २६ खेलाडीले प्रतिस्पर्धा गर्ने म्याच कन्ट्रोल सुमित शाक्यले बताए।
  • पुरुष एकल, महिला एकल र पुरुष युगल तर्फ पुरस्कार राशी वृद्धि गरी शीर्ष तीन स्थान हासिल गर्नेले क्रमशः ५० हजार, २५ हजार र १० हजार नगद पाउने सचिव रदीप महर्जनले जानकारी गराए।

२१ पुस, काठमाडौं । ललितपुर ब्याडमिन्टन संघ र बालकुमारी रिमिक्स क्लबको संयुक्त आयोजनामा चौथो ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०८२ मंगलबारबाट हुने भएको छ ।

पाँच दिन सम्म सञ्चालन हुने प्रतियोगिता ललितपुरस्थित बालकुमारी रिमिक्स क्लबको कभर्डहलमा हुने छ ।

ललितपुर महानगरपालिकाको मुख्य प्रायोजन रहने प्रतियोगितामा पुरुष एकल र महिला एकल खुला, उच्च २० वरियता बाहेकको पुरुष युगल, यू–१७ पुरुष तथा महिला एकल खुला, ४५ वर्ष माथिको मास्टर युगल खुला गरी ६ विधामा करिब २ सय २६ खेलाडीहरुले प्रतिस्पर्धा गर्ने म्याच कन्ट्रोल सुमित शाक्यले बताए ।

अघिल्ला तीन संस्करण सफलतापूर्वक सम्पन्न गरिसकेको प्रतियोगिताको अनुमानित लागत ३२ लाख २० हजार ५ सय रहेको छ भने प्रतियोगिताको पुरस्कार राशी ४ लाख २५ हजार रहेको छ ।

यस संस्करणमा पुरुष एकल, महिला एकल र पुरुष युगल तर्फको पुरस्कार राशीमा वृद्धि गरिएको सचिव रदीप महर्जनले जानकारी गराए । अघिल्लो संस्करणमा पुरुष एकल, महिला एकल र पुरुष युगल तर्फ शीर्ष तीन स्थान हासिल गर्नेले नगद ४० हजार, २० हजार र १० हजार प्राप्त गरेकोमा यस पटक पुरस्कार रकममा वृद्धि गरी ५० हजार, २५ हजार र १० हजार गरिएको महर्जनले बताए ।

यस्तै यू–१७ पुरुष तथा महिलाका शीर्ष तीन स्थान हात पार्नेले नगद २० हजार, १० हजार र ५ हजार तथा मास्टर युगल तर्फका विजेताले नगद ३० हजार, १५ हजार र ७ हजार ५ सय सहित मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछन् ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More