― Advertisement ―

‘मानिसहरू सिद्ध छैनन्, र सबैलाई यो थाहा छ’: सुरक्षा विशेषज्ञहरूले अझै पनि मानिसहरूलाई उनीहरूको व्यवसायको लागि सबैभन्दा ठूलो खतराको रूपमा हेर्छन्

अनलाइन उद्योगको लागि मानव सुरक्षाको सबैभन्दा ठूलो चुनौती रहन्छ। नेताहरू68% सुरक्षा पेशेवरहरूले मानव त्रुटिलाई उद्धृत गर्छन्, इमेल-आधारित घोटालाहरूको लागि मात्र 55% को तुलनामाहालैका सुरक्षा...
HomeLatest newsलगातार चार हारपछि लिभरपुलको जित – KhabarHost

लगातार चार हारपछि लिभरपुलको जित – KhabarHost


News Summary

Generated by OK AI. Editorially reviewed.

  • इंग्लिस प्रिमियर लिगमा लिभरपुलले एस्टन भिल्लामाथि २-० को जित हासिल गरेको छ।
  • मोहमद सालाहले पहिलो हाफको इन्जुरी समयमा गोल गरेका थिए भने रायन गाभेनबर्कले ५८औं मिनेटमा गोल गरे।
  • जितपछि लिभरपुलको १० खेलमा १८ अंक भएको छ र तेस्रो स्थानमा छ भने भिल्ला १५ अंकसहित ११औं स्थानमा छ।

१६ कात्तिक, काठमाडौं । इंग्लिस प्रिमियर लिगमा लगातार चार हारपछि लिभरपुलले अन्तत: जित हासिल गरेको छ ।

गएराति भएको खेलमा लिभरपुलले एस्टन भिल्लामाथि २-० को जित निकालेको हो । लिभरपुलका लागि मोहमद सालाह र रायन गाभेनबर्कले १-१ गोल गरे ।

खेलको पहिलो हाफको इन्जुरी समयमा सालाहले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । ५८औं मिनेटमा गाभेनबर्कले अग्रता दोब्बर पारे ।

जितपछि लिभरपुलको १० खेलमा १८ अंक भएको छ र तेस्रो स्थानमा छ । पराजित भिल्ला १५ अंकसहित ११औं स्थानमा छ ।





Read More