― Advertisement ―

‘मानिसहरू सिद्ध छैनन्, र सबैलाई यो थाहा छ’: सुरक्षा विशेषज्ञहरूले अझै पनि मानिसहरूलाई उनीहरूको व्यवसायको लागि सबैभन्दा ठूलो खतराको रूपमा हेर्छन्

अनलाइन उद्योगको लागि मानव सुरक्षाको सबैभन्दा ठूलो चुनौती रहन्छ। नेताहरू68% सुरक्षा पेशेवरहरूले मानव त्रुटिलाई उद्धृत गर्छन्, इमेल-आधारित घोटालाहरूको लागि मात्र 55% को तुलनामाहालैका सुरक्षा...
HomeLatest newsरोसिङ्गटन र नीशमको अर्धशतकमा पोखराले लुम्बिनीलाई दियो १५१ रनको लक्ष्य

रोसिङ्गटन र नीशमको अर्धशतकमा पोखराले लुम्बिनीलाई दियो १५१ रनको लक्ष्य


ओपनर रोसिङ्गटनले ६३ बल खेल्दै ७ चौका र ५ छक्का मद्दतमा सर्वाधिक ८१ रन बनाए । नीशमले उत्कृष्ट ब्याटिङ गर्दै ३२ बलमा ३ छक्का र ३ चौका प्रहार गर्दै अविजित ५१ रन बनाए ।


१३ मंसिर, काठमाडौं । विकेटकिपर ब्याटर एडम रोसिङगटन र जीमी नीशमले अर्धशतक बनाएपछि पोखरा एभेन्जर्सले सिद्धार्थ बैँक नेपाल प्रमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्सलाई १५१ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा शनिबारको पहिलो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले कमजोर सुरुवात गरेपनि रोसिङ्गटन र जिमी नीशमले उत्कृष्ट साझेदारी गरेपछि ५ विकेट गुमाएर १५० रन बनाएको हो ।

ओपनर रोसिङ्गटनले ६३ बल खेल्दै ७ चौका र ५ छक्का मद्दतमा सर्वाधिक ८१ रन बनाए । यस्तै नीशमले उत्कृष्ट ब्याटिङ गर्दै ३२ बलमा ३ छक्का र ३ चौका प्रहार गर्दै अविजित ५१ रन बनाए ।

रोसिङ्गटन र नीशमले पाँचौ विकेटका लागि ९२ रनको साझेदारी गरेका थिए ।

लुम्बिनीका लागि शेर मल्ल र तिलक भण्डारीले दुई/दुई तथा गुलबादिन नाइबले एक विकेट लिए ।





Read More