― Advertisement ―

क्लाउडले भर्खरै यसको सबैभन्दा शक्तिशाली उपकरणहरू निःशुल्क बनायो — फाइल निर्माणदेखि एप एकीकरणसम्म, सबै विज्ञापनहरू बिना

एन्थ्रोपिकले क्लाउडका सबै सुविधाहरू नि:शुल्क खोलेको छ। usersClaude's file creation, Connectors and customizable Skills features are now available to anyoneThe free plans have also...
HomeLatest newsरेशम चौधरीको दाबी- मैले भाग लिन पाइनँ भने देशमा फेरि चुनाव हुँदैन

रेशम चौधरीको दाबी- मैले भाग लिन पाइनँ भने देशमा फेरि चुनाव हुँदैन



१४ कात्तिक, काठमाडौं । नागरिक उन्मुक्ति पार्टी, नेपालका संरक्षक रेशम चौधरीले आफू चुनावमा भाग लिन नपाए देशमा फेरि चुनाव नहुने दाबी गरेका छन् ।

शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आयोजना गरेको वृहत् राजनीतिक संवादमा बोल्ने क्रममा उनले आफूसहत लक्ष्मण थारु र धनिराम थारु लगायतले चुनाव लड्न नपाए फेरि पनि देशमा चुनाव नहुने जिकिर गरे ।

‘चुनाव रेशम थारू, लक्ष्मण थारू र धनिराम थारूले यो चुनावमा भाग लिन पाएनन् भने म यस मञ्चबाट भन्छु यो देशमा फेरि चुनाव हुँदैन,’ चौधरीले भने, ‘सिंगो समूदायको विद्रोहलाई पन्छाएर चुनाव हुन्छ ? नेपाली कांग्रेस, नेकपा एमालेको इतिहास के थियो ? शेरबहादुर, ओली र प्रचण्डको इतिहास के थियो ? जेनजीको इतिहास के छ ?’

साथै, उनले अहिले आफूलाई चुनाव लड्न नदिने भनेर जेनजी अगुवा पुरुषोत्तम यादवले भन्दै हिँडेको बताउँदै त्यसप्रति आपत्ति जनाए ।

‘अहिले चुनाव लड्न दिन्नँ भन्छन् । पुरुषोत्तम यादवजीले भन्नुभयो, नेता हुन दिन्नँ भन्छन् । देश परिवर्तन गर्ने हामी, संविधानमा अधिकार ल्याउनुपर्छ भनेर लड्ने हामी, कलम चलाउनेले फैसला गरिदिने ? अनि त्यो फैसलालाई हामीले मानिदिनुपर्ने ?,’ चौधरीले भनेका छन् ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More