― Advertisement ―

मार्गोको गट मनी ट्रबल्स समीक्षा – एप्पल टिभीको नयाँ कमेडी श्रृंखला लत र आश्चर्यजनक रूपमा हार्दिक छ।

तपाईँ TechRadar किन भरोसा गर्न सक्नुहुन्छ हामीले समीक्षा गर्ने हरेक उत्पादन वा सेवाको परीक्षण गर्न घण्टौं बिताउँछौं, ताकि तपाईं सबै भन्दा राम्रो किन्दै हुनुहुन्छ भनी...
HomeLatest newsरुपन्देही-१ बाट एमालेमा छविलालसहित ३ जना सिफारिस, ५ मा खिमलाल एकल

रुपन्देही-१ बाट एमालेमा छविलालसहित ३ जना सिफारिस, ५ मा खिमलाल एकल



२० पुस, बुटवल । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेकपा एमालेले रुपन्देही क्षेत्र नं १ र ५ बाट उम्मेदवारको नाम सिफारिस गरेको छ ।

रुपन्देही क्षेत्र नं १ क्षेत्रीय समन्वय कमिटीको बैठकबाट पार्टी केन्द्रीय कमिटी सचिव एवं पूर्वमन्त्री छविलाल विश्वकर्मा, दधिराम न्यौपाने र डा.कृष्ण न्यौपाने सिफारिस भएका छन् । छविलाल २०७९ को निर्वाचनमा पनि यही क्षेत्रबाट संघीय सांसद निर्वाचित भएका थिए ।

दधिराम र कृष्ण न्यौपाने भने २०७४ को चुनावमा प्रदेश सभामा निर्वाचित भएका थिए । दधिराम २०७९ को चुनावमा पनि प्रदेश सभा सदस्य उम्मेदवार भएपनि पराजित भएका थिए ।

यस्तै रुपन्देही क्षेत्र नं ५ बाट पुर्व राष्ट्रियसभा सदस्य खिमलाल भट्टराई एकल सिफारिस भएका छन् ।

भट्टराई २०७९ को निर्वाचनमा पनि करिब डेढ वर्ष राष्ट्रियसभाको म्याद छँदै राजीनामा दिएर टिकट लिई  उम्मेदवारी दर्ता गरेका थिए ।

एमालेकै वासुदेव घिमिरेले पनि टिकट पाएर सोही क्षेत्रमा उम्मेदवारी दर्ता गरेका थिए । तर निर्वाचन आयोगले पहिले दर्ता गरेको आधारमा बासुदेवको उम्मेदवारीलाई सदर गरिदिएको थियो ।

यसअघि आजै रुपन्देही २ बाट पार्टी उपाध्यक्ष विष्णु पौडेल उम्मेदवार सिफारिस भएका थिए ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More