― Advertisement ―

बेस्ट बाईले फादर्स डेको लागि Fitbit यन्त्रहरू घटाउँदै छ — $79.95 मा सुरु हुने मेरो 5 मनपर्ने सम्झौताहरू किन्नुहोस्

बुबाको दिन ठीक एक हप्ता टाढा छ, र यदि तपाईं अझै पनि बुबाको लागि उत्तम उपहार खोज्दै हुनुहुन्छ भने, एक Fitbit ट्र्याकर एक उत्कृष्ट...
HomeLatest newsरुकुमपूर्वमा हिमपातले जनजीवन प्रभावित – KhabarHost

रुकुमपूर्वमा हिमपातले जनजीवन प्रभावित – KhabarHost



११ कात्तिक, रुकुमपूर्व । लुम्बिनी प्रदेशको हिमाली जिल्ला रुकुमपूर्वमा यो वर्षको हिउँदको पहिलो हिमपात सुरु भएको छ । सोमबार रातिदेखिको हिमपातले जिल्लाका डाँडाकाँडा सेताम्मे बनेका छन् ।

पुथा उत्तरगंगा, भूमे र सिस्ने गाउँपालिकाका माथिल्ला बस्तीहरूमा बाक्लो हिउँ जमेको छ । विशेष गरी सिस्ने गाउँपालिका–१, भूमे गाउँपालिका–१ र पुथा क्षेत्रका डाँडाकाँडा हिउँले ढाकिएका छन् ।

पुथा उत्तरगंगा गाउँपालिका–१० का मैत्या घर्तीमगरका अनुसार, तकसेरा लगायत समुद्री सतहदेखि चार हजार मिटरभन्दा माथि रहेका बस्तीमा हिउँ परेपछि चिसो बढेको छ ।

यस्तै सिस्ने गाउँपालिका-१ का वडाध्यक्ष रजबहादुर बुढामगरले हिमपातले पशुचरणमा समस्या भएको बताए । ‘चरन क्षेत्र सबै हिउँले ढाकेको छ । भेँडा–बाख्रा गोठमै राख्नुपरेको छ’, उनले भने ।

उनका अनुसार सिस्ने हिमालको काखमा रहेको ठुलो सिस्ने गाउँमा चिसो अत्यधिक छ ।

यद्यपि, हिमपातले खेतीपातीका लागि फाइदा पुर्‍याउने किसानहरूको भनाइ छ । खेतको माटो भिज्दा अन्नबाली उत्पादनमा सुधार हुने अपेक्षा किसानहरूले गरेका छन् ।

हिमपातले जनजीवन कष्टकर बने पनि हिमाली क्षेत्रका दृश्य मनमोहक देखिन्छन् । सिस्ने र पुथा हिमालसहितका आसपासका क्षेत्रमा हिउँ हेर्न र रमाइलो गर्न आन्तरिक पर्यटकहरु पुग्ने क्रम जारी छ ।

– बालाराम शेर्पालीबाट

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More