― Advertisement ―

AI अचानक प्रशिक्षित भाषाहरूमा प्रवाहित हुँदै गइरहेको छ, र यसले मेसिनहरूले वास्तवमा मानव बोली कसरी सिक्ने भन्ने बारे सबै कुरा परिवर्तन गर्दछ।

एआई मोडलहरूको साथमा भाषाहरूमा तालिम लिनुहोस्। डेटाक्रोस-भाषिक स्थानान्तरणले दुर्लभ भाषा प्रदर्शनलाई बढावा दिन साझा ढाँचाहरूलाई अनुमति दिन्छटोकनाइजर दक्षता सुधारहरूले बहुभाषिक प्रशोधन लागत र गुणस्तरमा...
HomeLatest newsरुकुम पश्चिमकाे चौरजहारीमा घरको जग खन्ने क्रममा सकेट बम फेला

रुकुम पश्चिमकाे चौरजहारीमा घरको जग खन्ने क्रममा सकेट बम फेला



१2 पुस, रुकुमपूर्व । रुकुम पश्चिमको चौरजहारी नगरपालिका–१, एयरपोर्ट नजिकै शङ्कास्पद विस्फोटक पदार्थ फेला परेको छ।

स्थानीय धीरजबहादुर क्षेत्रीको घरको कम्पाउण्डमा पर्खाल लगाउन जग खन्ने क्रममा शुक्रबार साँझ बम फेला परेको हो।

जग खन्ने क्रममा जमिन मुनि विस्फोटक पदार्थ जस्तो देखिने वस्तु भेटिएपछि स्थानीयले तत्काल सुरक्षा निकायलाई जानकारी गराएका थिए। लगत्तै इलाका प्रहरी कार्यालय चौरजहारीबाट प्रहरी निरीक्षक अजय डाङ्गीको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनका अनुसार फेला परेको वस्तु  सकेट बम  जस्तो देखिएको छ। ‘स्थानीयको सूचना पाउनासाथ हाम्रो टोली पुगेर घटनास्थललाई सुरक्षित घेरामा राखेको छु’, पुनले भने ।

उक्त शङ्कास्पद वस्तुलाई निष्क्रिय पार्न नेपाली सेनासँग समन्वय भइरहेको छ। राति भइसकेकाले सुरक्षा व्यवस्था कडा पारिएको र सम्भवतः आज बिहान सेनाको डिस्पोजल टोलीले उक्त बमलाई सुरक्षित व्यवस्थापन गर्ने तयारी गरेको पुनले बताए ।

विगतमा सशस्त्र द्वन्द्वको प्रभाव रहेको क्षेत्र भएकाले यो वस्तु द्वन्द्वकालमै छुटेको हुनसक्ने अनुमान गरिएको छ। यद्यपि, यसको आधिकारिक पुष्टि भने सेनाको प्राविधिक टोलीले जाँच गरेपछि मात्र हुनेछ ।





Read More