― Advertisement ―

‘उनीहरू भर्खरै VPN मा गए’ – टेलिग्राम सीईओले युकेको किशोर सोशल मिडिया प्रतिबन्धको कडा रूसी तुलनाको साथ निन्दा गरे

Telegram criticposed सामाजिक मिडियाका लागि UK criticized किशोरहरूप्रयोगकर्ताहरूले रूसमा गरेझैं, Durov दावी गर्छन् कि किशोरहरू केवल VPN हरूमा सर्नेछन्युकेले सामाजिक सञ्जाल प्लेटफर्महरूबाट 16 भन्दा...
HomeLatest newsरिलायन्स स्पिनिङ मिल्सको आईपीओ खुल्यो, कस्तो छ कम्पनी ?

रिलायन्स स्पिनिङ मिल्सको आईपीओ खुल्यो, कस्तो छ कम्पनी ?


राष्ट्रिय

समाचार.

  • रिलायन्स स्पिनिङ मिल्सले बुक बिल्डिङ विधिबाट ११ लाख ५५ हजार ९६० कित्ता आईपीओ निष्कासन गरेको छ जसमा वैदेशिक रोजगारमा रहेका १० प्रतिशत सेयर पाउनेछन्।
  • कम्पनीले ८२० रुपैयाँ ८० पैसाको दरले सर्वसाधारणलाई सेयर बिक्री गर्नेछ र न्यूनतम ५० कित्ताको आवेदन दिनुपर्नेछ।
  • रिलायन्स स्पिनिङ मिल्सले आर्थिक वर्ष २०८१/८२ मा १ अर्ब ४८ करोड रुपैयाँ नाफा कमाएको छ जुन अघिल्लो वर्षभन्दा ४२ प्रतिशत बढी हो।

२२ मंसिर, काठमाडौं । वैदेशिक रोजगारमा रहेकालाई रिलायन्स स्पिनिङ मिल्सको आईपीओ खुलेको छ ।

बुक बिल्डिङ विधिबाट मूल्य निर्धारण भई आईपीओ निष्कासन भएको हो । यसअघि सर्वोत्तम सिमेन्टको बुक बिल्डिङ विधिबाट मूल्यांकन भई आईपीओ निष्कासन भएकोमा सोही पद्दतीबाट निष्कासन गर्नेमा यो दोस्रो कम्पनी हो । वैदेशिक रोजगारीमा रहेकालाई आईपीओ बाँडफाँटपछि सर्वसाधारणमा निष्कासन हुनेछ ।

कम्पनीले सर्वसाधारण समूहमा कुल ११ लाख ५५ हजार ९६० कित्ता सेयर निष्कासन गर्नेछ । जसमध्ये वैदेशिक रोजगारमा रहेकालाई १० प्रतिशत अर्थात् १ लाख १५ हजार ५९६ कित्ता निष्कासन हुन लागेको हो ।

प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाका दरले सर्वसाधारणमा सेयर निष्कासन हुनेछ । बुक बिल्डिङ विधिबाट सर्वसाधारणका लागि कम्पनीको सो सेयर मूल्य निर्धारण भएको हो । कम्तीमा ५० कित्ता सेयर भर्नुपर्ने भएकाले यस कम्पनीको आईपीओ भर्न एक व्यक्तिलाई कम्तीमा ४१ हजार ४० रुपैयाँ चाहिन्छ ।

वैदेशिक रोजगारीमा रहेकाले न्यूनतम ५० तथा अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । छिटोमा मंसिर २५ गतेसम्म र सो अवधिमा सम्पूर्ण सेयर बिक्री नभएमा ढिलोमा पुस ७ गतेसम्म आवेदन खुल्नेछ ।

बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल हो । रिलायन्सको आईपीओ निष्कासनका सम्बन्धमा विवाद देखिएपछि बीचमै कम्पनीविरुद्ध उच्च अदालतमा मुद्दा दायर भएको थियो । उच्च अदालतले रिलायन्सको पक्षमा फैसला गरिदिएर आईपीओको बाटो खोलिदिएसँगै रोकिएको आईपीओ प्रक्रिया फेरि अघि बढेको हो ।

कस्तो छ कम्पनी ?

कम्पनीले केयर रेटिङ नेपालबाट ए माइनस रेटिङ पाएको छ । जसले कम्पनी आफ्नो दायित्व वहनमा सबल स्तरमा रहेको जनाउँछ । २०५४ सालमा स्थापित देशको अग्रणी रिलायन्स स्पिनिङ मिल्सले कपास, पोलिस्टर, भिस्कोज, एक्रेलिक र टेक्स्चर्ड यार्न उत्पादन गर्दै आएको छ ।

९ हजार स्पिन्डल क्षमताबाट सुरु भएको रिलायन्स स्पिनिङ मिल्स हाल १ लाख २ हजार ८ सय २४ स्पिन्डलको जडित क्षमतासहित सञ्चालन भइरहेको छ । सुनसरीको खनार र दुहबीमा उद्योगका दुईवटा धागो कारखाना रहेका छन् ।

युवा उद्यमी अक्षय गोल्यानको नेतृत्वमा रहेको रिलायन्स स्पिनिङ मिल्सले स्वदेशका साथै अन्तर्राष्ट्रिय बजारमा विशिष्ट पहिचान स्थापित गर्न सफल भएको छ । उद्योगका उत्पादन नेपालभित्र खपत हुनुका साथै भारत, टर्कीलगायत देशमा निर्यात हुने गरेका छन् । वार्षिक करिब ५ करोड अमेरिकी डलर बराबरको निर्यात हुने गरेको छ ।

गत आर्थिक वर्ष २०८१/८२ मा उद्योगले अघिल्लो वर्षभन्दा ४२ प्रतिशत बढी नाफा कमाएको छ । कम्पनीले सार्वजनिक गरेको वार्षिक वित्तीय विवरण अनुसार आव २०८१/८२ मा कुल १ अर्ब ४८ करोड रुपैयाँ नाफा गरेको छ ।

यस्तो नाफा अघिल्लो आवभन्दा झन्डै ४२ प्रतिशतले बढी हो । कम्पनीले अघिल्लो आव २०८०र८१ मा ८६ करोड ५० लाख रुपैयाँ नाफा गरेको थियो । कम्पनीमा कार्यरत ४ हजार जनशक्तिमध्ये करिब करिब १ हजार ३ सय महिला छन् ।





Read More