― Advertisement ―

Surfshark ले TechRadar अनुसन्धान पछि बिग्रिएको पोस्ट-क्वान्टम VPN प्रोटोकल फिक्स गर्दछ

TechRadar द्वारा परीक्षणहरू पछ्याउँदै, Surfshark ले आफ्नो नयाँ, मालिकाना VPN प्रोटोकल, 'दौसोस। अद्यावधिकले निश्चित आवासीय फाइबर जडानहरूमा प्रोटोकलले अब सही रूपमा काम गर्छ...
HomeLatest newsरास्वपाको केन्द्रीय समिति बैठक बस्दै, मिडिया र राजनीति अध्ययन कार्यदल गठन गर्ने

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, मिडिया र राजनीति अध्ययन कार्यदल गठन गर्ने



३ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक बोलाएको छ । बनस्थलीस्थित केन्द्रीय कार्यालयमा आज (बुधबार) दिउँसो २ बजे बैठक बोलाइएको हो ।

बैठकका लागि १० वटा कार्यसूचीहरू तय गरिएको प्रवक्ता मनिष झाले जानकारी दिएका छन् । उनका अनुसार बैठकमा सभापति रवि लामिछानेको मुद्दाको कानुनी अवस्थाको जानकारीसमेत गरी समसामयिक राजनीति, संवाद एवं सहकार्यका पहलबारे छलफल हुने छ ।

यस्तै केन्द्रीय समितिको विस्तारित बैठकको समीक्षा, विस्तारित बैठकमा प्रस्तुत प्रतिवेदन परिमार्जनसहित पारित गरेर वाचापत्र कार्यदल विस्तार गरिने कार्यसूची रहेको रास्वपाले जनाएको छ ।

रास्वपाले संविधान परिमार्जन कार्यदल संयोजक मनोनयन गरेर तत्काल काम सुरु गर्न निर्देशन दिने बैठकको कार्यसूची बनाएको छ ।

बैठकले आगामी निर्वाचनसम्म दैनिक मिडिया अध्ययन एवं विश्लेषण गरेर केन्द्रीय तहमा नियमित ब्रिफिङ गर्ने गरी मिडिया अध्ययन कार्यदल गठन गर्ने जनाएको छ ।

उक्त कार्यदलले आवश्यकताअनुसार घटनाबारे जानकारी संकलन गर्ने र केन्द्रीय समितिको बैठकमा ब्रिफिङ गर्ने बताइएको छ । रास्वपाले बैठकबाट राजनीति अध्ययन कार्यदल पनि गठन गर्ने कार्यसूची रहेको प्रवक्ता झाले जानकारी दिए ।

उक्त कार्यदलले राजनीतिक दल, समूह, शक्तिहरूको गतिविधि नियमित अध्ययन एवं विश्लेषण गर्ने, केन्द्रीय तहमा ब्रिफिङ गर्ने, आवश्यकताअनुसार घटनाको जानकारी लिँर्दै केन्द्रीय समितिको बैठकमा ब्रिफिङ गर्ने बताइएको छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More