― Advertisement ―

‘औद्योगिक-स्केल स्क्याम अपरेसनहरू’: विश्वव्यापी आपराधिक संगठनले मासिक 35+ सरकारी एजेन्सीहरूलाई लक्षित गर्ने विशाल मालवेयर-ए-ए-सर्भिस हाइड्राको पछाडि एशियामा दास कम्पाउन्डहरू सञ्चालन गर्दछ।

Luabloxo मा जानकारी प्राप्त गर्नुहोस् प्लेटफर्मनक्कली डोमेनहरूले KYC डाटा काट्छन्, एसएमएस रोक्छन्, बैंक खाताहरू निकाल्छन्कम्बोडियन घोटाला कम्पाउन्डमा कैद गरिएका कामदारहरू कुलीन वर्गसँग बाँधिएका छन्मालवेयर...
HomeLatest newsरास्वपा केन्द्रीय समिति बैठक सुरु – KhabarHost

रास्वपा केन्द्रीय समिति बैठक सुरु – KhabarHost



३ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक सुरु भएको छ । बनस्थलीस्थित केन्द्रीय कार्यालयमा केहीबेरदेखि बैठक सुरु भएको प्रवक्ता मनिष झाले जानकारी दिए ।

बैठकका लागि १० वटा कार्यसूचीहरू तय गरिएको छ । प्रवक्ता झाका अनुसार बैठकमा सभापति रवि लामिछानेको मुद्दाको कानुनी अवस्थाको जानकारीसमेत गरी समसामयिक राजनीति, संवाद एवं सहकार्यका पहलबारे छलफल हुने छ ।

यस्तै केन्द्रीय समितिको विस्तारित बैठकको समीक्षा, विस्तारित बैठकमा प्रस्तुत प्रतिवेदन परिमार्जनसहित पारित गरेर वाचापत्र कार्यदल विस्तार गरिने कार्यसूची रहेको रास्वपाले जनाएको छ ।

रास्वपाले संविधान परिमार्जन कार्यदल संयोजक मनोनयन गरेर तत्काल काम सुरु गर्न निर्देशन दिने बैठकको कार्यसूची बनाएको छ ।

बैठकले आगामी निर्वाचनसम्म दैनिक मिडिया अध्ययन एवं विश्लेषण गरेर केन्द्रीय तहमा नियमित ब्रिफिङ गर्ने गरी मिडिया अध्ययन कार्यदल गठन गर्ने जनाएको छ ।

उक्त कार्यदलले आवश्यकताअनुसार घटनाबारे जानकारी संकलन गर्ने र केन्द्रीय समितिको बैठकमा ब्रिफिङ गर्ने बताइएको छ । रास्वपाले बैठकबाट राजनीति अध्ययन कार्यदल पनि गठन गर्ने कार्यसूची रहेको प्रवक्ता झाले जानकारी दिए ।

उक्त कार्यदलले राजनीतिक दल, समूह, शक्तिहरूको गतिविधि नियमित अध्ययन एवं विश्लेषण गर्ने, केन्द्रीय तहमा ब्रिफिङ गर्ने, आवश्यकताअनुसार घटनाको जानकारी लिँदै केन्द्रीय समितिको बैठकमा ब्रिफिङ गर्ने बताइएको छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More