― Advertisement ―

HomeLatest newsराष्ट्रिय लिगमा मछिन्द्रको लगातार चौथो जित – KhabarHost

राष्ट्रिय लिगमा मछिन्द्रको लगातार चौथो जित – KhabarHost


राष्ट्रिय

समाचार.

  • मछिन्द्र एफसीले चित्लाङ एफसीलाई ३-१ ले पराजित गर्दै राष्ट्रिय लिग फुटबलमा लगातार चौथो जित हात पारेको छ।
  • मछिन्द्रका प्रदिप बुढाथोकी, जोनाथान जोरिल्ला र अलिजोन अलिजोनोभले गोल गरे भने चित्लाङका विज्ञान खड्काले एक गोल फर्काए।
  • मछिन्द्रले १२ अंक जोड्दै शीर्षस्थानको एपीएफसँग अंक बराबरी गरेको छ र एपीएफले जावलाखेल युथ क्लबलाई हराएको थियो।

१४ माघ, काठमाडौं । मछिन्द्र एफसीले चित्लाङ एफसीलाई ३-१ ले पराजित गर्दै राष्ट्रिय लिग फुटबलमा लगातार चौथो जित हात पारेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा मछिन्द्रका लागि प्रदिप बुढाथोकी, जोनाथान जोरिल्ला र अलिजोन अलिजोनोभले एक-एक गोल गरे । चित्लाङका विज्ञान खड्काले एक गोल फर्काए ।

जारी राष्ट्रिय लिगमा विभागीय टोली एपीएफ र मछिन्द्रले मात्र अहिलेसम्म खेलेका चारै खेल जित्दै शतप्रतिशत नतिजा निकालेका छन् ।

मछिन्द्रले चार जितपछि १२ अंक जोड्दै शीर्षस्थानको एपीएफसँग अंक बराबरी गरेको छ । एपीएफले बुधबारै भएको खेलमा जावलाखेल युथ क्लब विरुद्ध पुनरागमन जित निकालेको थियो ।

प्रदिपले ३७औं मिनेटमा गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाएका थिए । त्यसपछि दुई विदेशी खेलाडी जोनाथानले ६५औं र अलिजोनले ६९औं मिनेटमा गोल गर्दै मछिन्द्रलाई ३-० को अग्रता दिलाए । चित्लाङका लागि विज्ञानले ७०औं मिनेटमा सान्त्वना गोल फर्काए ।

चित्लाङको भने यो तेस्रो हार हो र चार खेलबाट जम्मा ३ अंकसहित १३औं स्थानमा छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More