― Advertisement ―

मार्गोको गट मनी ट्रबल्स समीक्षा – एप्पल टिभीको नयाँ कमेडी श्रृंखला लत र आश्चर्यजनक रूपमा हार्दिक छ।

तपाईँ TechRadar किन भरोसा गर्न सक्नुहुन्छ हामीले समीक्षा गर्ने हरेक उत्पादन वा सेवाको परीक्षण गर्न घण्टौं बिताउँछौं, ताकि तपाईं सबै भन्दा राम्रो किन्दै हुनुहुन्छ भनी...
HomeLatest newsराष्ट्रिय लिग विजेताले नै एएफसीको क्लब प्रतियोगिता खेल्ने !

राष्ट्रिय लिग विजेताले नै एएफसीको क्लब प्रतियोगिता खेल्ने !


राष्ट्रिय

समाचार.

  • अखिल नेपाल फुटबल संघले पुस २५ गतेदेखि सुरु हुने राष्ट्रिय लिग फुटबलको विजेताले अर्को वर्षको एएफसी क्लब प्रतियोगितामा सहभागी हुने व्यवस्था गरेको छ।
  • एन्फाले राष्ट्रिय लिगको विजेताले एएफसी क्लब प्रतियोगिता खेल्ने उल्लेख गरेको छ, तर क्लब लाइसेन्स नभएको क्लबले खेल्न पाउने छैन।
  • राष्ट्रिय लिगमा १७ क्लब सहभागी छन्, जसमा ए डिभिजनका १३ र प्रेसिडेन्ट कपको सेमिफाइनल पुगेका ४ क्लब छन्।

१६ पुस, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा यही पुस २५ गतेदेखि सुरु हुने राष्ट्रिय लिग फुटबलको विजेताले नै अर्को वर्षको एएफसी क्लब प्रतियोगितामा सहभागी हुने भएको छ ।

राष्ट्रिय लिगको नियमावलीमा एन्फाले राष्ट्रिय लिगको विजेताले एएफसी क्लब प्रतियोगिता खेल्ने उल्लेख गरेको छ । तर एएफसीको क्लब प्रतियोगिता खेल्न क्लब लाइसेन्स अनिवार्य छ ।

यदी क्लब लाइसेन्स नभएको क्लबले राष्ट्रिय लिग जितेमा क्लब लाइसेन्स भएकामध्येबाट उच्च स्थान हात पार्ने टिमले एएफसी क्लब प्रतियोगिता खेल्ने एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिएका छन् ।

यसअघि सहिद स्मारक ए डिभिजन लिगको विजेताले एएफसी क्लब प्रतियोगिता खेल्दै आएको थियो । तर पछिल्लो दुई सिजन ए डिभिजन लिग नै आयोजना हुन सकेन ।

यस सिजन पनि ए डिभिजन लिग नहुने भएपछि एन्फाले १७ क्लब समावेश गर्दै राष्ट्रिय लिग आयोजना गर्न लागेको हो । जसमा ए डिभिजनका १३ र प्रेसिडेन्ट कपको सेमिफाईनल पुगेको ४ क्लब छन् ।

पछिल्लो पटक नेपालबाट लिग विजेता बनेको चर्च ब्वाईज युनाईटेडले एएफसी च्यालेन्ज लिगको प्रारम्भिक चरण खेलेको थियो ।

त्यसपछि लिग नहुँदा २०२५ मा नेपालबाट कुनै पनि क्लब सहभागी हुन पाएन ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More