राष्ट्रिय
समाचार.
- अखिल नेपाल फुटबल संघले पुस २५ गतेदेखि सुरु हुने राष्ट्रिय लिग फुटबलको विजेताले अर्को वर्षको एएफसी क्लब प्रतियोगितामा सहभागी हुने व्यवस्था गरेको छ।
- एन्फाले राष्ट्रिय लिगको विजेताले एएफसी क्लब प्रतियोगिता खेल्ने उल्लेख गरेको छ, तर क्लब लाइसेन्स नभएको क्लबले खेल्न पाउने छैन।
- राष्ट्रिय लिगमा १७ क्लब सहभागी छन्, जसमा ए डिभिजनका १३ र प्रेसिडेन्ट कपको सेमिफाइनल पुगेका ४ क्लब छन्।
१६ पुस, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा यही पुस २५ गतेदेखि सुरु हुने राष्ट्रिय लिग फुटबलको विजेताले नै अर्को वर्षको एएफसी क्लब प्रतियोगितामा सहभागी हुने भएको छ ।
राष्ट्रिय लिगको नियमावलीमा एन्फाले राष्ट्रिय लिगको विजेताले एएफसी क्लब प्रतियोगिता खेल्ने उल्लेख गरेको छ । तर एएफसीको क्लब प्रतियोगिता खेल्न क्लब लाइसेन्स अनिवार्य छ ।
यदी क्लब लाइसेन्स नभएको क्लबले राष्ट्रिय लिग जितेमा क्लब लाइसेन्स भएकामध्येबाट उच्च स्थान हात पार्ने टिमले एएफसी क्लब प्रतियोगिता खेल्ने एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिएका छन् ।
यसअघि सहिद स्मारक ए डिभिजन लिगको विजेताले एएफसी क्लब प्रतियोगिता खेल्दै आएको थियो । तर पछिल्लो दुई सिजन ए डिभिजन लिग नै आयोजना हुन सकेन ।
यस सिजन पनि ए डिभिजन लिग नहुने भएपछि एन्फाले १७ क्लब समावेश गर्दै राष्ट्रिय लिग आयोजना गर्न लागेको हो । जसमा ए डिभिजनका १३ र प्रेसिडेन्ट कपको सेमिफाईनल पुगेको ४ क्लब छन् ।
पछिल्लो पटक नेपालबाट लिग विजेता बनेको चर्च ब्वाईज युनाईटेडले एएफसी च्यालेन्ज लिगको प्रारम्भिक चरण खेलेको थियो ।
त्यसपछि लिग नहुँदा २०२५ मा नेपालबाट कुनै पनि क्लब सहभागी हुन पाएन ।
js = d.createElement(s);
js.id = id;
js.src = "https://connect.facebook.net/en_US/sdk.js";
fjs.parentNode.insertBefore(js, fjs);
(document, 'script', 'facebook-jssdk'));
Read More


