― Advertisement ―

LHC मा दुर्लभ कण क्षयले अनौठो व्यवहार गरिरहेको छ, र भौतिकशास्त्रीहरूले प्रश्न गर्न थालेका छन् कि तिनीहरूको सबैभन्दा विश्वसनीय सिद्धान्त हो।

एउटा दुर्लभ घटनामा सजिलै इन्कार गर्न सकिन्छ स्पष्टीकरणमानक मोडेलले यसको सबैभन्दा कठिन परीक्षणहरू मध्ये एक अन्तर्गत तनाव देखाउँछफोर-सिग्मा विसंगतिले संकेत गर्दछ कि भौतिक विज्ञानमा...
HomeLatest newsराष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह – KhabarHost

राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह – KhabarHost



१० माघ, काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाको समूह राष्ट्रिय भेलाको तयारीमा लागेको छ । विशेष महाधिवेशनबाट किनारा लागेको उक्त समूह ११ माघमा हुन गइरहेको राष्ट्रिय सभा निर्वाचनपछि राष्ट्रिय भेलाको तयारीमा लागेको हो ।

राष्ट्रिय भेलाको तयारीका लागि निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का समूहका नेताहरूसँग परामर्शमा छन् । खड्कासँग शनिबारमात्रै भेट गरेका एक निवर्तमान केन्द्रीय सदस्यले आफूहरू राष्ट्रिय भेलाको तयारीमा लागेको जानकारी दिए ।

पुसमा सम्पन्न विशेष महाधिवेशनपछि विकसित पार्टीको आन्तरिक राजनीति र त्यसअघिको परिस्थितिका बारेमा समूहका नेता–कार्यकर्ताहरूलाई जानकारी दिन र आगामी रणनीति तय गर्न भेलाको तयारी भइरहेको उनको भनाइ छ ।

‘राष्ट्रिय सभा निर्वाचनपछि भेला गर्ने भन्ने छ । आज बिहान कार्यवाहक सभापतिसँग कुरा भएको थियो,’ ती नेताले अनलाइनखबरसँग भने, ‘सबैलाई एउटा म्यासेज त दिनुपर्‍यो ।’

ती नेताले राष्ट्रिय भेलाको मिति भने अझै तय भइनसकेको पनि जानकारी दिए । ‘समय फिक्स भइसकेको अवस्था होइन,’ ती नेताले भने, ‘कार्यवाहक सभापति परामर्शमै हुनुहुन्छ ।’

विशेष महाधिवेशनबाट चयन भएको केन्द्रीय कार्यसमितिलाई देउवा समूहले स्वीकार गरिसकेको छैन । निर्वाचन आयोगले विशेष महाधिवेशनबाट चयन भएको कार्यसमितिलाई आधिकारिकता दिएपछि देउवा समूह अन्तरिम आदेश माग गर्दै सर्वोच्च अदालत गएको थियो ।

तर, सर्वोच्चले देउवा समूहको पक्षमा अन्तरिम आदेश दिएन । न्यायाधीश सुनिल पोखरेलको इजलासले ६ माघमा निर्वाचन आयोगलाई कारणसहित १५ दिनभित्र लिखित जवाफ लिएर उपस्थित हुन निर्देशन दिएको छ ।

विशेष महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नुअघि कार्यवाहक सभापति खड्काको सभापतित्वमा बसेको केन्द्रीय कार्यसमिति बैठकले तत्कालीन महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई पाँच वर्षका लागि साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निस्कासन गर्ने निर्णय गरेको थियो ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More