काठमाडौं, वैशाख २०
नेपालका लागि विभिन्न देशका नवनियुक्त गैरआवासीय राजदूतहरूले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएका छन्।
शीतल निवासमा आयोजित छुट्टाछुट्टै समारोहमा राष्ट्रपति पौडेलले चार राजदूतको ओहोदाको प्रमाणपत्र ग्रहण गरे।
ओहोदाको प्रमाणपत्र बुझाउनेमा नेपालका लागि गाम्बियाका राजदूत मुस्तफा जावरा; नेपालका लागि क्यानडाका राजदूत क्रिस्टोफर कुटर; नेपालका लागि स्लोभेनियाका राजदूत टोमाज मेन्सिन; र नेपालका लागि अल्जेरियाका राजदूत अब्डेनोर खेलिफी।
यस अवसरमा उच्चस्तरीय सरकारी अधिकारीहरुको उपस्थिति रहेको थियो।

चित्र>
फोटो: RSS
चित्र>

