― Advertisement ―

Homeविजनेसराष्ट्र बैंक प्रवक्तामा गुरु पौडेल – KhabarHost

राष्ट्र बैंक प्रवक्तामा गुरु पौडेल – KhabarHost


राष्ट्रिय

समाचार.

  • नेपाल राष्ट्र बैंकले कार्यकारी निर्देशक गुरुप्रसाद पौडेललाई प्रवक्ताको जिम्मेवारी दिएको छ।
  • पौडेलले बैंक तथा वित्तीय संस्था नियमन विभागको प्रमुखबाट मानव संशाधन व्यवस्थापन विभागमा सरुवा भएका छन्।
  • गभर्नर विश्वनाथ पौडेलले १८ कार्यकारी निर्देशकमध्ये ११ जनाको जिम्मेवारी हेरफेर गरेका थिए।

१९ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंक प्रवक्ताको जिम्मेवारी कार्यकारी निर्देशक गुरुप्रसाद पौडलले पाएका छन् । बैंक तथा वित्तीय संस्था नियमन विभागको प्रमुखबाट सरुवा भएका पौडेलले बुधबारदेखि नै प्रवक्ताको जिम्मेवारी सम्हालेका हुन् ।

बैंक तथा वित्तीय संस्था नियमन विभागबाट मानव संशाधन व्यवस्थापन विभागमा सरुवा भएसँगै पौडेल केन्द्रीय बैंकको प्रवक्ता पनि तोकिएका हुन् । गत सोमबार गभर्नर विश्वनाथ पौडेलले कुल १८ कार्यकारी निर्देशक मध्ये ११ जनाको जिम्मेवारी हेरफेर गरेका थिए ।

सोही क्रममा पौडेललाई विभाग परिवर्तनसँगै प्रवक्ताको पनि जिम्मेवारी तोकिएको केन्द्रीय बैंकले जनाएको छ । २०५९ सालमा बैंक सेवामा प्रवेश गरेका पौडेलसँ बैंक तथा वित्तीय संस्था नियमन विभाग, भुक्तानी प्रणाली विभाग, विदेशी विनिमय व्यवस्थापन विभाग, बैंक सुपरीवेक्षण विभाग लगायतको कार्यानुभव छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More