काठमाडौं, चैत २६
राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) का अध्यक्ष रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा परिमार्जन गर्ने र फिर्ता लिने महान्यायाधिवक्ताको निर्णयलाई चुनौती दिँदै सर्वोच्च अदालतमा परेको रिटको सुनुवाइ आइतबार पनि जारी छ । शुक्रबार सुनुवाई नभई आइतबार सुनुवाइ हुने बताएको छ । न्यायाधीश विनोद शर्मा र न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले मुद्दाको सुनुवाइ गरिरहेको छ।
यसअघि सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको संयोजकत्वको अर्को इजलासले निवेदनलाई नियमित सुनुवाइका लागि सूचीकृत गर्न आदेश दिएको थियो।
महान्यायाधिवक्ता सविता भण्डारी बरालले लामिछाने विरुद्ध दायर सम्पत्ति शुद्धीकरण तथा संगठित अपराध मुद्दा फिर्ता लिने निर्णय गरेकी थिइन् ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसहित अधिवक्ता युवराज पौडेल र आभास रेग्मीले महान्यायाधिवक्ताको फैसलालाई चुनौती दिदै सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट दायर गरेका थिए ।

