― Advertisement ―

Kingdom Hearts Integrum Masterpiece Collection मा Disney X Square Enix RPG जादू को कम्तिमा 200 घण्टा छ — र यो अब $ 30 /...

म प्राय: खेलको समयको प्रति घण्टा डलर वा पाउन्डको सन्दर्भमा खेलहरूको बारेमा कुरा गर्न मन पराउँदैन, तर जब त्यहाँ पैसाको लागि यस्तो उत्कृष्ट मूल्य...
HomeLatest newsराजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीले चुनावी मोर्चाबन्दी गर्ने

राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीले चुनावी मोर्चाबन्दी गर्ने


फाइल तस्वीर



२ मंसिर, काठमाडौं । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीले २१ फागुनको चुनावमा अन्य विचार मिल्ने दल समूहसँग चुनावी मोर्चाबन्दी गर्ने निर्णय गरेको छ ।

गत सोमबार र मंगलबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले चुनावी प्रयोजनका लागि दल दर्ता गर्ने निर्णय गरेको हो ।

‘राष्ट्रिय मुक्ति क्रान्ति सम्पन्न गर्न विचार सिद्धान्त मुद्दा मिल्ने पार्टीहरूसँग एकता, मोर्चा, चुनावी गठबन्धन बनाई अगाडि बढ्ने सन्दर्भमा विभिन्न पार्टीहरूसँग छलफल जारी नै रहेकोले यथाशीघ्र टुंगो लगाउने र सहमत हुने दलसँग सहकार्य गरी चुनावी प्रयोजनका लागि दल दर्ता पनि गर्ने निर्णय गरियो । साथै अन्य पार्टी र मोर्चाहरूसँग चुनावी तालमेल पनि गर्ने निर्णय गरियो,’ बैठकपछि जारी विज्ञप्तिमा छ ।

पार्टीले आगामी निर्वाचनका लागि उम्मेदवार छनोट र केन्द्रीय कार्यालयमा उम्मेदवार सिफारिसको प्रक्रिया पारदर्शी, समावेशी र सहभागीतामा आधारित बनाउने निर्णय गरेको छ ।

केन्द्रीय कार्यसमितिले गठन गरेको चुनावी रणनीति कार्यदलले उम्मेदवारीका लागि स्वदेशवादी विचारधारा प्रतिको प्रतिबद्धता, सामाजिक समर्पण, पार्टीका सदस्य अनिवार्य नभएको तथा जनप्रतिनिधित्व क्षमताका बिभिन्न इन्डिकेटर सहितको मापदण्ड तोकेको छ ।

‘आगामी निर्वाचनमा पार्टीले आफ्नो स्वदेशवादी विचारधारा, आर्थिक क्रान्ति, भ्रष्टाचार विरुद्धको संघर्ष र सांस्कृतिक पुनरुत्थानको एजेन्डालाई संस्थागत गर्ने र उत्पीडित समुदायहरूको राजनीतिक प्रतिनिधित्वलाई बलियो बनाउने अवसर प्राप्त गर्न खोजेको छ । तसर्थ पार्टीका सबै जिल्ला समितिहरूलाई उम्मेदवार नामावली केन्द्रीय कार्यालयमा सिफारिस गरी पठाउन निर्देशन दिने निर्णय गरिएको छ,’ बैठकको निर्णय छ ।

 

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More