― Advertisement ―

क्लाउडले भर्खरै यसको सबैभन्दा शक्तिशाली उपकरणहरू निःशुल्क बनायो — फाइल निर्माणदेखि एप एकीकरणसम्म, सबै विज्ञापनहरू बिना

एन्थ्रोपिकले क्लाउडका सबै सुविधाहरू नि:शुल्क खोलेको छ। usersClaude's file creation, Connectors and customizable Skills features are now available to anyoneThe free plans have also...
HomeLatest newsराजपाल यादवलाई आत्मसमर्पण गर्न दिइएको समय थप्न अदालतद्वारा अस्वीकार

राजपाल यादवलाई आत्मसमर्पण गर्न दिइएको समय थप्न अदालतद्वारा अस्वीकार


राष्ट्रिय

समाचार.

  • दिल्ली उच्च अदालतले चेक बाउन्स मुद्दामा अभिनेता राजपाल यादवलाई फेब्रुअरी ४ दिउँसो ४ बजेभित्र आत्मसमर्पण गर्न आदेश दिएको छ।
  • अदालतले राजपालको आत्मसमर्पण समय थप्ने माग अस्वीकार गर्दै उनलाई बारम्बार आदेश नमान्ने कारणले कुनै राहत नदिनु पर्ने बताएको छ।
  • राजपालमाथि सातवटा मुद्दामा १ करोड ३५ लाख भारु दरले भुक्तानी गर्नुपर्ने र जम्मा रकम तुरुन्तै पीडितलाई दिन अदालतले निर्देशन दिएको छ।

नयाँ दिल्ली । चेक बाउन्सको मुद्दामा दिल्ली उच्च अदालतले अभिनेता राजपाल यादवलाई आत्मसमर्पण गर्न आदेश दिएको थियो । यो आदेश उपर यादवले आत्मसमर्पण गर्ने समय अलि थपिपाऊँ भनेर अदालतमा निवेदन दिएका थिए ।

तर, दिल्ली उच्च अदालतले उनको त्यो मागलाई अस्वीकार गरिदिएको छ । अदालतले उनलाई थप राहत दिने कुनै ठोस आधार नदेखिएको स्पष्ट पारेको छ ।

फेब्रुअरी २ मा अदालतले राजपाललाई यो बुधबार (फेब्रुअरी ४) को दिउँसो ४ बजेभित्र आत्मसमर्पण गर्न निर्देशन दिएको थियो । रिपोर्टका अनुसार, यादवका वकिलले राजपालले ५० लाख रुपैयाँ जोहो गरिसकेको र सो रकम तिर्नका लागि अझै एक हप्ताको समय थपिदिन आग्रह गरेका थिए ।

तर, न्यायाधीश स्वर्णकान्ता शर्माले राजपालको समय थप्ने मागलाई सिधै अस्वीकार गरेकी छन् । राजपाललाई राहत दिनुपर्ने कुनै गतिलो कारण नभएको न्यायाधीश शर्माको भनाइ छ ।

न्यायाधीश शर्माले आदेशमा भनेकी छन्, ‘मैले त्यही दिन नै यी कुराहरू अस्विकार गरेर तपाईंलाई आत्मसमर्पण गर्न दुई दिनको समय दिएकी थिएँ । अहिले समय थप्नुपर्ने कुनै आधार देख्दिनँ । तपाईंले पहिले नै एउटा निश्चित दिनमा आत्मसमर्पण गर्नुपर्ने थियो, तर मुम्बईमा छु भनेकाले मैले दुई दिन थपिदिएकी हुँ । अब आज दिउँसो ४ बजेसम्म तपाईंले जसरी पनि आत्मसमर्पण गर्नुपर्छ ।’

अदालतले राजपालले बारम्बार आदेशहरू पालना नगरेको कुरालाई गम्भीरताका साथ लिँदै भनेको छ, ‘विगतमा पनि उहाँले कम्तिमा १५-२० पटक यस्तै गरिसक्नुभएको छ । उहाँको यस्तो व्यवहारबारे पछिल्लो आदेशमा पनि उल्लेख गरिएको छ । उहाँले न त कुनै आदेश मान्नुभएको छ, न त आफ्नो प्रतिबद्धता नै पूरा गर्नुभएको छ । त्यसैले, अब उहाँमाथि कुनै पनि प्रकारको उदारता देखाउनुपर्ने कुनै ठाउँ म देख्दिनँ ।’

उनीविरुद्ध परेका सातवटा मुद्दाहरूमा प्रत्येकमा १ करोड ३५ लाख भारुको दरले भुक्तानी गर्नुपर्ने थियो । साथै, अदालतले उच्च अदालतका रजिस्ट्रार जनरलसँग पहिले नै जम्मा भइसकेको रकम पनि तुरुन्तै पीडित पक्षलाई दिन निर्देशन दिएको छ ।

अदालतले के पनि उल्लेख गर्‍यो भने, अक्टोबर २०२५ मा ७५ लाख भारुका दुईवटा डिमान्ड ड्राफ्ट रजिस्ट्रार जनरलकहाँ जम्मा गरिएको थियो, तर अझै पनि ९ करोड भारु तिर्न बाँकी नै देखिन्छ ।

वास्तवमा यो पूरा मामला निकै पुरानो हो । सन् २०१८ अप्रिलमा एउटा तल्लो अदालतले उनीहरूलाई दोषी ठहर गरेको थियो, जसलाई सन् २०१९ मा सेसन्स कोर्टले पनि सदर गर्‍यो । त्यही निर्णयलाई चुनौती दिँदै राजपाल र उनकी पत्नीले उच्च अदालतमा निवेदन दिएका थिए, जसमाथि अहिले यो आदेश आएको हो ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More