― Advertisement ―

ह्याकरहरूले क्लाउड र ChatGPT को प्रयोग ‘आक्रामक क्षमतामा महत्त्वपूर्ण विकास’ मा सरकारी एजेन्सीहरू उल्लङ्घन गर्न, करोडौं नागरिक रेकर्डहरू लीक गर्न

Gambits रिपोर्ट क्लासमा लोकप्रिय उपकरण प्रयोग गरियो उल्लङ्घनClaude Code + GPT‑4.1 संचालित शोषण, स्क्रिप्ट, र RCEएकल आक्रमणकारीले करोडौं नागरिक रेकर्डहरू चोर्योठूला उद्यमहरूले चाँडै नै...
HomeLatest newsरतनखोलामा बेलिब्रिज भनेपछि तराईसँग जोडियो काभ्रेको डाँडापारी  

रतनखोलामा बेलिब्रिज भनेपछि तराईसँग जोडियो काभ्रेको डाँडापारी  


रतनखोलामा बनेको बेलिब्रिज



२ मंसिर, काभ्रेपलाञ्चोक । काभ्रेको दुर्गम बेथानचोक गाउँपालिका–१, च्याम्राङवेसीबाट हेटौडा हुँदै तराई जोड्ने सडकको रतन खोलामा निर्माण गरिएको बेलीब्रिज सञ्चालनमा आएको छ । यससँगै स्थानीयवासीको दैनिक आवत–जावत सहज भएको छ ।

नयाँ बेलिब्रिजले काभ्रेको डाँडापारी क्षेत्र बेथानचोक र खानीखोला गाउँपालिकाका साथै ललितपुरको महांकाल र बागमती  गाउँपालिका तथा हेटौँडा जाने नागरिक तथा छिमेकी बस्ती तथा बजारसम्म आवतजावत गर्न सहज भएको छ ।

बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले गाउँपालिकाको समपुरक योजना अन्तर्गत २ करोड लागतमा बेलिब्रिज निर्माण भएको जानकारी दिए । ‘पालिकाकै पहलमा बेलीब्रिज निर्माण गर्न सकिन्छ भन्ने उदाहरण भएको छ, सडक ढलान गर्न परेको पैसा आवश्यकताका आधारमा बेलिब्रिज निर्माण गर्‍यौं’ गाउँपालिकाका अध्यक्ष अधिकारीले भने ।

बेलिब्रिज निर्माणपछि स्थानीय कृषकहरूका उत्पादनहरू लगायत विभिन्न व्यक्तिहरूलाई सहज भएको बेथानचोक गाउँपालिका–१ का वडा अध्यक्ष मधुसुदन तिमल्सिनाले जानकारी दिए । उनका अनुसार पुल बनेपछि तरकारी, फलफूल, दुग्धजन्य पदार्थ तथा अन्य उत्पादन समयमै बजार पुर्‍याउन सकिने भएकाले आय–आर्जनमा समेत वृद्धि हुन विश्वास छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More