― Advertisement ―

HP को Smart Tank 5101 refillable ink Tank प्रिन्टर $170 मा झर्छ

स्मार्ट ट्याङ्क शृङ्खला भनेको HP refillable-ink प्रवृतिको जवाफ हामीले यसको मूल्यलाई नजिकबाट ट्र्याक गर्यौं, र यसको मूल्यको जाँच गर्यौं। data-analytics-id="inline-link" href="https://target.georiot.com/Proxy.ashx?tsid=425325&GR_URL=https%3A%2F%2Famazon.com%2Fdp %2FB0BL466Y41%3Ftag%3Dftr-techradarpro-us-20%26ascsubtag%3Dtrdpro-us-1309408149705834194-20" target="_blank" data-url="https://www.amazon.com/dp/B0BL466Y41"...
HomeLatest newsरणमैदानजस्तो सानोठिमी बाल सुधार गृह (तस्वीरहरु) – KhabarHost

रणमैदानजस्तो सानोठिमी बाल सुधार गृह (तस्वीरहरु) – KhabarHost



९ माघ, भक्तपुर । दुई पक्षबीच झडपले भक्तपुरको मध्यपुरथिमि–२ सानोठिमीस्थित बाल सुधार गृह रणमैदान जस्तो देखिएको छ ।

गएराति बाल सुधार गृहमा राखिएका दुई समूहबीच झडप, आगजनी र तोडफोड भएको थियो । शुक्रबार बिहान बालसुधार गृह पुग्दा इँटा ढुंगाका टुक्रा यत्रतत्र छरिएका थिए ।

स्थिति फेरि भड्किनसक्ने अनुमानमा प्रहरीहरुको तैनाथी बढाइएको छ ।

झडपको जानकारी पाएपछि गएराति नै थिमि प्रहरी वृत्तका प्रमुख नवराज ढुङ्गाना नेतृत्वको टोली सुधारगृह पुगेको थियो । सो टोलीले स्थिति नियन्त्रणमा लिने प्रयास गरे पनि सकेन ।

झडपमा संलग्न बालसुधार गृहका दुवै समूहले प्रहरीमाथि नै ढुङ्गामुढा गरेपछि स्थिति झन् तनावपूर्ण बन्यो । स्थिति नियन्त्रण बाहिर गएपछि सशस्त्र प्रहरी बलबाट ५० जनाको टोली परिचालन गरिएको थियो ।

आक्रोशित समूहले मध्यरातमा आगजनी समेत गरेपछि भक्तपुर र काठमाडौंका दमकल प्रयोग गरी आगो निभाइएको थियो ।

सुधारगृहमा झडप, तोडफोड र आगजनीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

अहिले स्थिति नियन्त्रणमा आए पनि त्यहाँ बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

सानोठिमीस्थित बाल सुधारगृहमा १४५ पुरुष र २४ महिला गरी १६९ जना छन् ।





Read More